बुधबार २० साउन २०७८

काठमाडौं । लोक सेवा आयोगले खरिदार पदमा विज्ञापन प्रकाशित गरेको छ । आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) खरिदार पदका लागि न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य प्रशासन र लेखा समूहतर्फ आन्तरिक, खुल्ला र समावेशी गरि ठूलो संख्यामा भर्ना खोलेको हो ।

दरखास्त दिने अन्तिम मिति चैत्र १७ गतेसम्म रहेको छ । दोब्बर दस्तुर तिरेर २४ गतेसम्म फाराम भर्न सकिने छ । १८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको र महिला तथा अपांगताको भएका उम्मेदवारहरूको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ ।

१३२ पटक हेरिएको

तपाईको प्रतिक्रिया