Monday, November 30

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई दम्पत्तिलाई कोरोना संक्रमण !

October 24, 2020 134

पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई दम्पत्तिलाई कोरोना संक्रमण

काठमाडौं ०८ कार्तिक / पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई दम्पत्तिलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

शुक्रबार गरिएको परीक्षणमा पूर्व प्रधानमन्त्री भट्टराई दम्पत्तिलाई नै कोरोना संक्रमण पुष्टि भएको उनले ट्वीट गर्दै जानकारी दिएका छन् ।

दुवै जना अहिले होम आइशोलेशनमा बसेका छन् ।

हिसिला र म दुबैलाई कोभिड-१९ को संक्रमण पुष्टी भएको छ।कार्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटीभ आएको हो।चिकित्सकहरूको सल्लाह बमोजिम हामी होम आइसोलेसनमा नै रहनेछौं! केही समय यता हाम्रो सम्पर्कमा रहनुभएका महानुभावहरू सबैले सतर्कता अपनाउनुहुन विशेष आग्रह छ!

प्रतिकृया दिनुहोस्