Monday, November 30

तेह्रथुमको होडामा दशै मनाउन घर आएका नेपाली सेनाको करेन्ट लागेर मृत्यु

October 24, 2020 315

अमृत बास्तोला/तेह्रथुम ७, कात्तिक । तेह्रथुमको आठराई-५ छातेढुङ्गाको होडामा करेन्ट लागेर नेपाली सेनाका जवानको मृत्यु भएको छ ।

दशैं मनाउन घर आएका सिराहाको शेर गणमा कार्यरत २६ बर्षीय राजन बराईलीको करेन्ट लागेर बिहिवार बेलुका मृत्यु भएको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजार प्रहरी निरीक्षक शेषकराम थान्दारले जानकारी दिनुभयो ।

बिहीबार अपरान्ह ५ बजे ट्रान्समिटरबाट कालो तार जोड्ने क्रममा बराईलीलाई करेन्ट लागेको बताइएको छ ।

करेन्ट लागेर वेहोस भएका बराईलीलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथरमा लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

hamro sawal

प्रतिकृया दिनुहोस्