Friday, October 30

जसले एकैदिनमा कमाए १३ अर्ब डलर !

July 21, 2020 187

काठमाण्डौ । अमेजनका सीइओ र विश्वका सबैभन्दा धनाढ्य व्यक्ति जेफ बजोसको सम्पत्तिमा एक दिनमा १३ अर्ब डलरको बढोत्तरी देखिएको छ । सन् २०१२ बाट सुुरुवात भएको ब्लुुमबर्ग इण्डेक्स पश्चात एकै दिनमा कुुनै पनि धनाढ्य व्यक्तिको सम्पत्तिमा आएको यो सबैभन्दा ठूलो बढोत्तरी हो । सोमबार अमेजनको सेयरमा ७.९ प्रतिशतको वृद्धि भएसँगै बेजोसको सम्पत्तिमा उछाल आएको हो। अमेजनको सेयर मूल्यमा देखिएको यो वृद्धि सन् २०१८ पछिकै सबैभन्दा धेरै हो । कोरोना महामारीका कारण मानिसहरु अनलाइन सपिङमा अभ्यस्त हुुन थालेका छन् ।

जसको प्रत्यक्ष फाइदा अनलाइन कारोबार गर्ने अमेजनलाई भएको छ । यो वर्ष बेजोसको सम्पत्तिमा निरन्तर वृद्धि देखिएको छ । अहिले देखिएको वृद्धिसँगै बेजोसको सम्पत्ति १८९.३ बिलियन डलर पुुगेको छ । अमेरिका आर्थिक मन्दीको अवस्थाबाट गुुज्रिरहेकाले बेजोसको सम्पत्तिमा भएको बढोत्तरीले महत्वपूर्ण अर्थ राखेको छ । एउटा ताजा आँकडाका अनुुसार बेजोसको सम्पत्ति एक्सन मोबिल कर्प, नाइकि र म्याकडोनल्डको कुुल मार्केट भ्यालुुएसन भन्दा पनि धेरै छ । जेफ बेजोससँगै अन्य टेक कम्पनीका मालिकहरुको सम्पत्तिमा पनि तीव्र बढोत्तरी आएको छ । यो वर्ष फेसबुुकका सीइओ मार्क जुुकरवर्गको सम्पत्तिमा पनि १५ अर्ब डलरको बढोत्तरी देखिएको छ ।

वेबसाईट *
Save my name, email, and website in this browser for the next time I comment.

चर्चित
२४ घण्टा यो साता यो महिना
आज एकैदिन मलेसियाबाट १६ श’व नेपाल ल्याइयो
आज एकैदिन मलेसियाबाट १६ श’व नेपाल ल्याइयो
एक जिल्लाबाट अर्को जिल्लामा यात्रुवाहक बस चलाउन दिने मन्त्रीपरिषदको निर्णय
एक जिल्लाबाट अर्को जिल्लामा यात्रुवाहक बस चलाउन दिने मन्त्रीपरिषदको निर्णय
पुर्वमन्त्री लोकेन्द्र बिष्टमगरको ड्रागन खेती : पहिलो उत्पादन बजारमा
पुर्वमन्त्री लोकेन्द्र बिष्टमगरको ड्रागन खेती : पहिलो उत्पादन बजारमा
म्याग्दीको रुप्सेखोलामा आएको बाढीले रेष्टुरेन्ट, बस र जेसिभि बगायो
म्याग्दीको रुप्सेखोलामा आएको बाढीले रेष्टुरेन्ट, बस र जेसिभि बगायो
धादिङमा पहिरोमा पु’रिएर एकै परिवारका तीन जनाको मृ’त्यु
धादिङमा पहिरोमा पु’रिएर एकै परिवारका तीन जनाको मृ’त्यु
आगामी बिहीबारदेखि सबैखाले सार्वजनिक यातायात चल्ने
आगामी बिहीबारदेखि सबैखाले सार्वजनिक यातायात चल्ने
सम्बन्धित समाचार
नेपालमा लकडाउन समाप्त भएको घो’षणा, कुन मितिबाट के खुल्ने ?
नेपालमा लकडाउन समाप्त भएको घो’षणा, कुन मितिबाट के खुल्ने ?

प्रतिकृया दिनुहोस्