आइतबार १७ साउन २०७८

जोखिम घटेको निष्कर्षमा सरकारले भिड बढाउन छुट दिइरहँदा संक्रामक खालको भाइरस भने फैलिरहेको छ । शु्क्रबार नुवाकोटमा एक जनामा डेल्टा प्लस भाइरस पुष्टि भयो । यो भाइरस अन्यत्र पनि फैलिएको आशंका छ । सावधानीमा बेवास्ता गर्ने क्रम भने बढेको छ ।

दोस्रो लहरमा डेल्टा भाइरसले भयावह स्थिति उत्पन्न गरायो । संक्रमण दर अझै २० प्रतिशतबाट झरेको छैन । यहि बेला काठमाडौं उपत्यका वाहिर समेत डेल्टा प्लस भाइरस देखिएको छ । शुक्रबार त्रिशुली अस्पतालबाट ४ जनाको नमुना जिन सिक्वेन्सिङ गर्न काठमाडौं ल्याएकामा ३ जनामा डेल्टा र १ जनामा डेल्टा प्लस भाइरस पुष्टि भएको छ । नेपालमा सुरुमा देखिएको अल्फाभन्दा डेल्टा र डेल्टा प्लस भाइरस निकै संक्रामक मानिन्छ ।

एकतिर भाइरस निकै संक्रामक खालको र अर्कातिर स्वास्थ्य सावधानीमा बेवास्ताले वैशाख अन्तिम र जेठ पहिलो साता कोभिडका बिरामीको उपचार गर्नै मुस्किल परेको थियो । संक्रमणदर अहिले त्यतिबेलाको जस्तो छैन । तर त्यतिबेला निषेधाज्ञाले बजार ठप्प जस्तै थियो भने अहिले भिड थेगिनसक्नु छ । कोभिड नियन्त्रण भइसकेको जस्तो व्यवहार गर्न थालिएको छ । उता १० प्रतिशतभन्दा बढीले कोभिडविरुद्धको खोप पाएका छैनन् । जबकि संक्रमण चक्र रोक्न ७० प्रतिशतलाई खोप लगाउनुपर्ने हुन्छ । चिकित्सकहरु  डेल्टा प्लस उपत्यका वाहिर पनि देखा पर्नुले जोखिम झनै बढेको  बताउँछन । एकातिर आवश्यक मात्रामा खोपको उपलब्धता नहुनु र अर्कातिर संक्रमणदर २० प्रतिशतबाट तल नआएको अवस्थामा कोभिडको परिवर्तित स्वरुप फैलिनुले

सावधानीको खाँचो झनै बढेको छ ।

kantipurtv

९ पटक हेरिएको

तपाईको प्रतिक्रिया