Monday, November 23

“कुलमान घिसिङको कार्यकाल सकिन लाग्दा उनको विकल्पमा देखिए यि ३ चर्चित अनुहार !को को हुन ? पढ्नुहोस

August 3, 2020 321

काठमाडौं – लोडसेडिगं अन्त्य गरेर चर्चामा आएका कुलमान घिसिङको कार्यकाल अर्को महिना सकिन लागेको छ । आउँदो भदौ २९ गते उनको कार्यकाल सकिन लागेको हो । आफ्ना कार्यकालमा धेरै राम्रा काम गरेर जनताका मनमा बास बस्न सफल उनी २०७३ सालको भदौ २९ गते मन्त्रिपरिषद् बैठकबाट प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए । अब उनलाई सरकारले दोहोर्‍याउछ वा दोहोर्‍याउदैन त्यो भने हेर्न नै बांकी छ ।

घिसिङलाई अर्को ४ वर्षको लागि कार्यकारी निर्देशकमा पुनः नियुक्ती गर्नको लागि कुनै ऐन, नियम बाधक छैनन् । यसमा विभागीय मन्त्री वर्षमान पुन र प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमानलाई नै दोहोर्याउलान् वा उनको विकल्प खोज्लान् ? त्यो समयले नै देखाउला । तर यतिबेला प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङको विकल्पमा विद्युत विकास विभागका महानिर्देशक नविनराज सिंहको नाम समेत चर्चामा छ । स्रोतका अनुसार ऊर्जामन्त्री पुनले घिसिङको ठाउँमा विभागका सिंह ल्याउने तयारी गरेका छन् । त्यस्तै प्राधिकरणकै उपकार्यकारी निर्देशक शेर सिंह भाटको नाम पनि चर्चामा छ । यसैगरी केहीले पुनर्निर्माण प्राधिकरणका सुशील ज्ञवालीको नाम पनि लिइरहेका छन् ।

देशले सधै हिउँदमा दैनिक १८ घन्टासम्मको लोडसेडिङ भागेको थियो तर कार्यकारी निर्देशक घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएपछि २०७३ सालको लक्ष्मीपूजाको दिनदेखि काठमाण्डौ उपत्यकालाई लोडसेडिङमुक्त बनाएका थिए । कार्यकाल सम्हाल्दा ९ अर्ब रुपैयाँ घाटामा रहेका प्राधिकरणलाई घिसिङले आर्थिक वर्ष २०७५र७६ सम्म ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँ खुद नाफामा लगेका थिए ।

 

प्रतिकृया दिनुहोस्