शनिबार १६ साउन २०७८

गैँडाकोटबाट १२ दिनदेखि सम्पर्कविहीन भएकी युवती नारायणगढबाट फेला परेकी छन् ।यही असार ११ गतेदेखि उनी गैँडाकोट घरबाट हिँडेकी थिइन् ।चितवन क्षेत्रमा किशोरीहरु हराउने घटना बढिरहेको बेला यो अर्को घटना भएको हो । २१ वर्षीय पुनम घर्ती गैँडाकोट नगरपालिका–४ मा बस्दै आएकी थिइन् !उनी नारायणगढबाट फेला परेको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार पुनमको आमा नारायणगढको क्षेत्रपुरतिर आएको समयमा छोरी बे पत्ता भएको भन्दै आमाले मंगलबार आएर प्रहरीलाई फोटो देखाएकी थिइन् ।

आमाले देखाएकी फोटोको आधारमा आज उनलाई नारायणगढको शहिदचोकभित्र रहेको मेघौंली बसपार्कमा भेटिएको प्रहरीले बताएको छ ।सञ्चारमाध्यमबाट पनि पुनमको खोजीको पहल भइरहेको थियो । उनलाई आजै परिवारको जिम्मा लगाइएको नारायणगढ वडा प्रहरी कार्यालयले जनाएको छ ।
यही असार ११ गतेदेखि उनी गैँडाकोट घरबाट हिँडेकी थिइन् ।उनीहरु गुल्मी मालिका गाउँपालिका–२ घर भई गैँडाकोट ४ मा डेरामा बस्दै आएका थिए । पुनम सुस्त मनस्थितीको रहेको र गत फागुनदेखि औषधी सेवन गर्दै आइरहेकी उनकी आमा छमी घर्तीले बताइन् । पुनम यसअघि पनि पाँच महिना सम्पर्कविहीन भएर बुटवलमा फेला परेकी थिइन् ।

media24times

८ पटक हेरिएको

तपाईको प्रतिक्रिया