शनिबार १६ साउन २०७८

नेपालबाट स्टुडेन्ट भिसामा अष्ट्रेलिया पुगेकि ललितपुरकि एलिजा सत्याल छोराछोरीलाई अष्ट्रेलिया नपठाउन नेपालमै बिजनेस गर्न लागौं सुझाब दिन्छिन । अष्ट्रेलियाको ब्रिसबेनमा बसोवास गरिरहेकी एलिजा भन्छिन –
म अष्ट्रेलिया आएको दुई वर्ष भयो ।

म ब्याचलर सकेपछि डिपेनडेन्ट भिसामा अष्ट्रेलिया आएकी हूँ। यहाँ अहिले ब्युटिसियनको काम गर्दैछु। मलाई साथीहरुसंग गेट टुगेदर गर्न रमाइलो लाग्छ। यहाँ आएपछि हरेक कामलाई सम्मान गर्न सिकिँदो रहेछ। श्रीमान यतै हुनुभएकोले काम खोज्न गाह्रो भएन।

सिन्धुलीमा बेहुली नलिई घर फर्किए जन्ती..
यी हुन् कोरोना संक्रमणका ५ ख’तरनाक लक्षण, जुन देखिनासाथ अस्पताल गइहाल्नुपर्छः विज्ञ
अब देखि बैंकबाट ऋण लिएर घर किन्न निक्कै सहज, ५० लाखदेखि २ करोडसम्म कर्जा ! यस्तो छ नया ब्यबस्था-
यो ठाउँमा आएपछि जो व्यक्ति पनि आत्मनिर्भर बन्छ। अष्ट्रेलियामा बस्दा एक्लो भइन्छ। आफ्नो मान्छे कोही हुँदैन। चाहेको समयमा आफ्नो परिवार भेट्न नेपाल जान पाइंदैन। अष्ट्रेलियाको नेपाली समुदाय एकदमै ठीक लाग्यो। एकदमै सहयोगी हुनुहुन्छ ।लकडाउनको समयमा पनि सहयोग गर्नुभयो।

अष्ट्रेलियामा रहँदा घरपरिवारको एकदमै धेरै याद आउँछ। यता आएपछिको पहिलो वर्षमा आमाको मुख हेर्ने दिनमा आमालाई सम्झेर एकदमै धेरै रोएकी थिएँ। अष्ट्रेलियाको बसाईले मलाई काम भनेको सानो-ठूलो हुँदैन भन्ने सिकायो । हरेक कामको सम्मान गर्नुपर्छ। मेहनत गर्नुपर्छ।

अष्ट्रेलिया आउन चाहने नयाँ विद्यार्थीलाई विदेशको सपना मात्र देखेर नआउनुहोला भन्नाचाहंछु । जे पनि गर्नसक्छु भन्ने सोंच लिएर मात्र आउनुहोला। छोराछोरीलाई विदेश पठाउनेभन्दा पनि राम्रो शिक्षा दिने सोंच राख्नुस्। सकेसम्म अष्ट्रेलिया नपठाउनुहोला ।नेपालमै बिजनेस गर्न भन्नुहोला।

sulavkhabar

१५ पटक हेरिएको

तपाईको प्रतिक्रिया