शुक्रबार १५ साउन २०७८

काठमाडौँ । कागतीको प्रयोग अनुहारको तत्वचाको लागी बहुतै लाभदायक हुने गर्दछ। भनिन्छ कि कागतीको प्रयोगले तत्वचाको रंग सफा हुने गर्दछ।दाग धब्बा जस्ता समस्याहरुबााट पनि राहत मिल्ने गर्दछ। हरेक सिक्काको दुई पाटा हुने गर्दछन्। यदि कागतीको फाइदा हुन्छ भने यसको बेफाइदा पनि हुने गर्दछ। जसको कारणले तपाईले कागतीको प्रयोग गर्नु जोखीमपूर्ण पनि बन्नसक्छ।

कागती प्रयोग गर्नुका बेफाइदाहरु
कागती एक सिट्रस फल हो। सिट्रस एक प्रकारको एसिड हो। जसको अत्याधिक प्रयोगले तपाईको त्वचालाई हानी पनि पुर्याउन सक्छ।

छाला चिलाउनु वा पोलेको जस्तो महसुस हुनु
कागतीको प्रयोगले छालामा देखिने समस्या जस्तै चिलाउनु, पोल्नु, रैशेज जस्ता समस्याहरु हुनु सामान्य कुरा हो।

कागतीमा काफी मात्रामा एसडि हुने गर्दछ जुन तपाईको त्वचाको लागी खतरनाक साबित हुने गर्दछ। छालामा कागती लगाउनाले छाला एकदम रुखो र राता राता बिबिरा आउने समस्या पनि देखिन सक्छन्। यदि तपाईको त्वचा अत्यन्तै संवेदनशील छ भने त्वचामा कागतीको प्रयोग नगर्नुस्।

कागतीको साइड इफेक्ट छालामा सेतो दाग
तपाईंले केही व्यक्तिहरूको छालामा सेतो र ठूला दागहरू देख्नु भएको छ होला । यस छालाको अवस्थालाई ल्युकोडर्मा वा भटिलिगो भनिन्छ।छालामा मेलानिनको कम स्तरको कारण, छाला सेतो हुन थाल्छ। जब मानिसहरूले छालामा दागहरू हटाउन निम्बू प्रयोग गर्छन्, यसले मेलानिनको स्तर कम गर्न सक्छ।

कागतीको साइड इफेक्टस् फाइटोफोटोडर्माटाइटिस
तपाईंको छालामा निम्बू जस्तो सिट्रस फलहरू प्रयोग गरे पछि अल्ट्राभायोलेट किरणको संपर्कमा हुँदा एउटा फाईटोफोटोडरटाइटिस छालाको प्रतिक्रिया हुन सक्छ। यसले गम्भीर रुपमा छाला रातो हुँदै जाने, छाला सुनिएको महसुसु हुने, जस्ता समस्याहरु निम्त्याउन सक्छ।

सनबर्नको खतरा
जब हामी छालामा कागती प्रयोग गर्दछौं, यसले तपाईको छालामा सनबर्नको जोखिमलाई बढाउँछ। यदि तपाईं कतै बाहिर जानको लागि योजना गर्दै हुनुहुन्छ भने, त्यसपछि केहि दिन अघि वा लगातारको लागि कागती प्रयोग नगर्नुहोस्। यो तपाइँको छाला को लागी हानिकारक हुन सक्छ।

यो पनि पढ्नुहोस
यी १० बानी आजै त्याग्नुस्, नत्र हुन्छ मृगौला ड्यामेज
मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो। यसले शरीरमा रगत सफा गर्नेदेखि, हार्मोन बनाउने, खनिज सोक्ने, मुत्र उत्पादन गर्ने, टक्सिन अर्थात खराव पदार्थहरुलाई शरीरबाट निकाल्ने तथा एसिडको सन्तुलन बनाउने जस्ता काम गर्छ। यहाँ हामीले दैनिक जीवनमा गर्ने १० गल्तीको चर्चा गरिएको छ जसले मृगौलालाई हानी पुर्‍याउँछ।

पानी कम पिउने
यदि तपाइँ नियमित पानी पिउने गर्नु हुन्न भने यसको सबै भन्दा पहिलो र खराव प्रभाव मृगौलामा पर्छ। पानीको अभावले गर्दा मृगौलाले रगत सफा गरेर फोहोर फ्याँक्न कठिन हुन्छ। यसले उल्टो परिणाम दिन्छ शरीरमा टक्सिन जम्मा हुन्छ।

नून बढी खाने
खानामा चर्को नून खाने बानी छ भने यसले रक्त चाप बढाउँछ। यसले मृगौलामा दवाव पैदा गर्छ। तपाँइले दिनमा ५ ग्राम भन्दा बढी नून खानु हानिकारक छ।

पिसाव रोक्ने
यदि पिसाव आउँदा पनि पछि जाउँला भनेर बस्ने बानी छ भने आजैदेखि बानी सुधार्नुस्। पिसाव रोक्ने बानीले मृगौलामा पत्थरी हुने र मृगौला फेल नै हुने खतरा समेत पैदा गर्छ।

गुलियो खाने बानी
यदि गुलिया खानेकुरा धेरै बानी छ भने आजैदेखि छोड्नुस्। गुलियो बढी खाँदा यसले शरीरमा प्रोटीनको मात्रा बढी भएर मृगौलामा समस्या हुन्छ।

पोषणको अभाव
शरीरमा पोषक तत्वको अभाव भो भने मृगौला खराव हुन्छ। भिटामिन र म्याग्नेशियम भरपुर खानाले मृगौलामा पत्थरी हुन दिँदैन।

मासु बढी खाने
मासुको पारखी हुनुहुन्छ र बढी नै मासु खाने बानी छ भने पनि तपाइँको मृगौला समस्यामा छ। मांसाहारले शरीरको पाचन प्रक्रियालाई प्रभावित पार्छ जसले मृगौलामा सोझै असर गर्छ।

अनिद्रा
रातिमा निद्रा नलाग्ने वा धेरै जागा बस्ने बानी पनि मृगौलाका लागि घातक छ। यसले मृगौला सम्बन्धि विभिन्न रोग ल्याउन सक्छ। निद्राले मृगौलालाई स्वस्थ राख्न सघाउँछ।

चिया कफी बढी सेवन
चिया कफी अत्याधिक मात्रामा पिउँदा पनि मृगौलामा समस्या हुन्छ। चिया कफीले शरीरमा क्याफिनको मात्रा बढाउँछ जसले मृगौलामा भार पर्छ।

पेनकिलर सेवन
टाउको दुख्ने वित्तिकै वा सामान्य दुखाइ कम गर्न पनि गोली खाने बानी छ भने आजै देखि छोड्नुस् । धेरै पेनकिलरको सेवनले तपाइँको मृगौलामा प्रभाव पार्छ।

जाँड रक्सी
अल्कोहल अर्थात जाँड रक्सीको अत्याधिक सेवनले पनि मृगौला समस्यामा पर्छ। यसले मृगौला फेल हुने अत्याधिक सम्भावना हुन्छ।

narayanipati

७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया