आइतबार १७ साउन २०७८

२७ असार, काठमाडौं । गत वर्ष लकडाउन हुनुअघिसम्म निशा परियार घरेलु सहयोगीको रूपमा काम गरिरहेकी थिइन् । लकडाउनसँगै बेरोजगार बनिन् । उनका श्रीमान् रोहण भण्डारी गाडीमा सिमेन्ट लोड/अनलोडको काम गर्थे । लकडाउनकै कारण उनको पनि रोजगारी गुम्यो ।दैनिक कमाउँदै खाँदै गरिरहेका निशा दम्पतीलाई लकडाउनमा निकै गा’ह्रो पर्‍यो । दुई बच्चा सहितको परिवारको अवस्था निकै क’ठिन भयो । निशाकी दिदीले गलैंचा कारखानामा जागीर लगाइदिने भनेर लगिन् । दुवै जना दिदीको पछि लागेर गए ।

जोरपाटीस्थित माकलबारीको के.पी.कार्पेटमा दुवै जनालाई जागीर पनि लगाइदिइन् । दुवै दम्पतीले गलैंचा बुन्ने काम गर्न थाले । काम शुरू हुनुभन्दा अघि प्रतिव्यक्ति ७ हजार रुपैयाँ तलब दिने कुरा भएको थियो । खानेबस्ने व्यवस्था त्यहीं हुने शर्त थियो ।बिहान ४ बजेदेखि शुरू गरेपछि राति दश बजेसम्म निरन्तर काम । खाना दुई समय तर तरकारी थप्न पाइँदैनथ्यो । कालो चिया एक पटक । काम गर्न थालेको हप्ता दिनपछि नै उनीहरुले आफूहरुमाथि शो’षण भइरहेको महसूस गर्न थालेका थिए । तर, बेरोजगारीले भोकै बस्नु भन्दा ठीकै हो भनेर काम गर्न थाले ।

निशाले गलैंचा बुन्ने बाहेक संचालक रत्न लामाको घरको काम पनि गरिदिनुपर्थ्यो । कारखाना भन्दा पर रहेको धाराबाट पानी ल्याउने, भाँडा माझ्ने, विस्तारा मिलाइदिने जस्ता काम पनि गरिदिन्थिन् । काम गरेको महीना दिनपछि तलब माग्दा दिएनन् । तलब नदिने भएपछि उनीहरुले साहुसँग जागीर छोड्ने बताए । जागीर छोड्ने भन्दा अब एक वर्ष कतै जान नपाउने, भागेर गए खोजी खोजी मा’र्ने धम्की दिए ।निशा गर्भवती थिइन् । उनले आफ्नो अवस्थाबारे जानकारी दिएर केही खान मन लागेकाले पैसा दिन अनुरोध गर्दा पनि नदिएको गुनासो गर्छिन् । ‘मलाई तिमीहरुको के मतलब मेरो काम हुनुपर्छ’ भन्ने गरेको निशाले बताइन् ।

उठेदेखि काम मात्रै गरिरहनुपर्थ्यो । काम गरेर पनि खानामा भात थप्न पाइए पनि तरकारी, दाल थप्न पाइँदैनथ्यो । काम मात्रै गर्नुपर्ने र खाना पनि भने जस्तो खान नपाएपछि निशा कमजोर हुँदै गइन् ।भन्छिन्, ‘भाग्न पनि मा’र्ने डरले आँट आउँदैनथ्यो । म त त्यहीं म’र्छु होला जस्तो लाग्न थालेको थियो ।’ निशा दम्पती मात्रै त्यहीं बसेर काम गर्ने थिए । अरू दिउँसो काम गर्न मात्रै आउनेहरु थिए । संचालक लामाकी छोरीले पहिले कर्मचारी भाग्दा आफ्नो बुवाले खोजी खोजी कुटेको सुनाउँथिन् । त्यसैले निशा दम्पतीले भाग्न आँट गरेनन् । शोषणकै कारण काम गर्न नसकेर आएको पन्ध्र दिन, महीना दिनमा नै धेरै भागेर गएको भन्ने चाहिं थाहा पाएका थिए ।

शो’षण उस्तै रह्यो । खाना समयमा नपाइने, पाए पनि अघाउन्जेल नपाउने । बेरोजगार भएर आधा पेट खाएर बस्दाको भन्दा कारखानामा काम गरेर बस्दा निशाको अवस्था दर्दनाक भयो । दिनदिनै सुक्दै जान थालिन् । कतै जान पनि दिंदैनथे । बन्दी श्रमिकको रूपमा राखेको निशाको कथन छ । त्यही बेला अर्को कारखानाबाट भागेर एक युवक आए । अत्यधिक शोषण भएर भागेर आएको सुनाए । त्यहाँ पनि निशा दम्पतीको अवस्था देखेर भाग्न सुझाव दिए ।दुई महीना कारखानामा बस्दा निशाको शरीरमा हाड र छाला मात्रै बाँकी छ जस्तै भइसकेको थियो । करीब अढाइ महीनापछि निशा दम्पतीले भाग्ने आँट गरे । चैत ६ गते राति तीन बजे कारखानाबाट भागे । उनीहरु भागेको सुईंको पाएपछि संचालक रत्न लामाले खोजे । कारखानाबाट भागेर उनीहरु निशाको आफन्तको घर खोज्दै थिए । संचालक रत्न लामा त्यहीं आइपुगे । उनीहरुले थाहा पाएर झाडी पछाडि लुके । उनीहरु अलि तल गएपछि त्यही झाडीको पछाडिबाट भागे ।

भागेर निशाको भाउजूकोमा पुगे । भाउजू, दिदीलगायत आफन्त मिलेर सात वर्षकी छोरी र पाँच वर्षका छोरालाई आफन्तले पैसा उठाएर ठोरी पर्सास्थित निशाको आमाकोमा पठाए । निशा दम्पती यहीं जागिर खोज्न थाले । निशाले फेरि घरेलु काम गर्न थालिन् ।ती दुई बच्चा पठाएको भोलिपल्ट संचालक रत्न लामा उहीं पुगेर बच्चाहरुलाई निशाको आमाबाट खोसेर ल्याए । बच्चाहरुलाई काठमाडौं ल्याएर भागेको बाटो पहिल्याउन लगाएर निशा दम्पतीलाई खोजे । निशाकी सात वर्षीय छोरीको कुरालाई आधार मान्ने हो भने एक महीनासम्म संचालक लामाले निशा दम्पतीलाई खोजे ।

त्यसपछि पनि नभेटेपछि ती बच्चाहरुलाई संचालक लामाले राखे । आफन्तहरुले कुरा गर्दा धम्क्याउँथे । बच्चाहरु नदिने भन्थे । निशाकी दिदी फूलमाया परियारको सक्रियतामा बच्चा खोजियो । उनलाई बच्चा नदिने भनेर पटक पटक फर्काए संचालक लामाले । त्यसपछि फूलमायाले अखिल नेपाल घरेलु श्रमिक संघलाई गुहार्न पुगिन् ।संघको सक्रियतामा चार महीनापछि बच्चाहरुको उद्धार गरिएको छ । उद्धार गर्न जाँदा बच्चा आफूसँग नराखेर अर्को परिवारलाई दिएको पाइएको संघकी केन्द्रीय अध्यक्ष संगीता बानियाँले बताइन् । उनले भनिन्, ‘अ’पहरण शैलीमा पर्साबाट ल्याएको छ । फेरि यहाँ पनि आफूसँग नराखेर अर्कालाई दिएको पाइयो ।’

संचालक लामा र पर्साबाट बच्चा ल्याउन सहयोग गर्नेलाई प्रहरीले कागजात गराएर छोडेको छ । तर, निशा दम्पतीलाई अझै पनि त्रास छ । खोज्दै आएर मार्छन् कि भनेर खुलेर काम गर्न जान पनि डर लाग्ने गरेको बताउँछिन् । कारखानाबाट भागेर आएपछि घरेलु सहयोगीको काम गरिरहेकी निशा निषेधाज्ञाको कारण फेरि बेरोजगार बनेकी छिन् ।
उनका श्रीमान् रो’हणले भने जस्तो भेट्यो त्यस्तै काम गरिरहेका छन् । आफन्तले सुकुम्बासी बस्तीमा खोजिदिएको कोठामा भाडा तिरेर बसिरहेका छन् । निशा अहिले ८ महीनाकी गर्भवती छिन् । भन्छिन्, ‘धन्न भागेर निस्केछौं । नत्र त त्यहीं नै मर्थें होला । अझै पनि फेरि खोज्दै आएर त्यहीं लगेर राख्ने हुन् कि भन्ने डर लागिरहन्छ।

थप जानकारी तलको भिडियाेमा

narayanipati

८ पटक हेरिएको

तपाईको प्रतिक्रिया