बिहिबार १४ साउन २०७८

नेपालमा थप २,१६९ जनामा कोरोनाभाइरस सङ्क्रमण र २२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार जनाएको छ। 

पछिल्लो २४ घण्टामा १०,४१७ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ। तीमध्ये ३,८८७ परीक्षण एन्टिजन विधिबाट गरिएको हो।

कुल परीक्षणको झण्डै २० प्रतिशतमा सङ्क्रमण देखिएको मन्त्रालयको विवरण छ।

सो अवधिमा १,४३२ जना सङ्क्रमणमुक्त भएपछि निको भएका छन्।

bbc.com

१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया