शनिबार ०४ बैशाख २०७८

आज बुधबार ह्वात्तै बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे भाउ । नेपाली बजारमा बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ । मंगलबार प्रतितोला ८५ हजार ६०० मा कारोबार भएको सुनको मूल्य आज तोलामा ६०० रुपैयाँले बढेर ८६ हजार २०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य आज ८५ हजार ७५० रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।  त्यस्तैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

infonepal

५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया