शुक्रबार १५ साउन २०७८

काभ्रको एक परिवार यतिबेला निकै समस्यामा छ । मनमोहन र मदन न्यौपाने यि दुई बाबुको परिवार गरिबीका कारण त समस्यामा थियो नै । त्यसमाथि यि दुवै बाबुको हात खुट्टा एक्कासी केहि बर्षदेखि चल्न छोडेपछि अवस्था झनै बिग्रिदै गयो । आमा बुवा अर्काको जग्गामा खेतीपाती गर्दछन् । मदन र मनमोहन बर्षैदेखि एकै ठाउँमा थलिएर बसेका छन् । अरुलाई जस्तै स्कुल जान मन लाग्छ तर हिड्न सक्दैनन् । दिशा पिसाब गर्न पनि अरुको साहरा चाहिन्छ, उनीहरुलाई ।

पछिल्लो समय लोकप्रिय सिरियल भुन्टीको सन्तोष न्यौपाने सरको घर नजिकै उनकै दाई पर्ने न्यौपाने परिवारमा घटेको घटना हो यो । सन्तोषले पनि समय समयमा यस परिवारका निमित्त सहयोग गरिरहेकै छन् । पछिल्लो समय उनी शिशिर भण्डारीको साथमा यो परिवारको दुख बुझ्न काभ्रे नै पुग्दा अवस्था दयनिय थियो ।

दाजु भाई एकै ठाउँमा थलिएरै बसेका थिए । घर भत्किने अवस्थामा थियो । त्यहि घरको पनि बार्षिक २५ हजार तिरेर बस्नु पर्ने अवस्था छ । एउटा दिदी छिन्, पढाई भएपनि जागिर खान पाएकी छैनन् । रुदै शिशिरलाई यसरी दुख सुनाए । भिडियो हेर्नुस।

postpatrika

२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया