आइतबार ०५ बैशाख २०७८

लमजुङ । साउदी अरबबाट फर्किएका कृष्ण भुजेललाई अब फेरि विदेश जान मन छैन । ९ वर्ष साउदीमा बिताएका कृष्ण हाल लमजुङको सुन्दर बजार नगरपालिका–४ दुराडाँडाको पुरानै थातथलोमा आइपुगेका छन् । लामो समय श्रीमानसँग छुट्टिएर गाउँमै बसेकी उनकै श्रीमती सिताको मुहारमा खुशी छाएको छ । ‘आफ्नो श्रीमानसँग बस्न पाउँदा खुशी भइहाल्छ’, उनको मुखबाट फुत्किहाल्यो ।

वैदेशिक रोजगारीबाट छोराछोरीको शिक्षा, लालनपालनमा श्रीमती सितालाई सघाएका कृष्ण अब भने गाउँघरमै खेती किसानी गरेर बस्ने मनस्थितिमा पुगेका छन् । कृष्ण र सिताले एक हल गोरु र आधा दर्जन जति बाख्रा पालेका छन् । तिनै गोरु र बाख्राको गोठालो गर्दै दिन कट्छ यो दम्पत्तिको । धेरथोर आम्दानीका लागि धान कुट्ने मील पनि छ कृष्णको । साउदीको गर्मी भन्दा लमजुङको पाखो नै प्यारो हुँदै गएको छ कृष्णलाई । गाउँघरमा युवा जमात घटेको छ । बुढापाका, महिला र बालबालिकाको संख्या तुलनात्मकरुपमा धेरै छ । खेती गर्दा उत्पादन लागत धेरै हुने र आम्दानी न्युन हुने समस्याले गर्दा युवाहरु पलायन हुनु परेको कृष्णको ठम्याइ छ । बाँकी हेर्नुहोस् भिडियोमा ।

tufanmedianews

५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया