आइतबार १७ साउन २०७८

काठमाडौ । असार २५ गते सम्म कर तिर्न भन्दै सरकारले विज्ञप्ती जारी गरेको छ । गत वर्ष पनि असारमा लकडाउन खुकुलो बनाएर सरकारले कर असुली गरेको थियो । यो वर्ष पनि कडा लकडाउन खुकुलो हुँदै गएको छ । स्वास्थ्य परिक्षण कम संख्यामा गर्दै संक्रमितको संख्या पनि कम देखाएर कर उठाउनका लागि सरकारले निषेधाज्ञा खुकुलो बनाएको आरोप लागिरहेको बेलामा सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको हो ।

आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको जनाएको छ । विभागको सूचना अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नुपर्नेछ ।

त्यस्तै २०७७ चैत र २०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम करकट्टी भएको रकम र त्यसको विवरण पनि असार २५ गतेसम्म बुझाउनुपर्नेछ । २०७७ चैत र २०७८ वैशाखमा बुझाउनुपर्ने अन्तःशुल्क विवरण तथा त्यस अनुसारको अन्तःशूल्क दाखिला गर्ने अवधि पनि २५ असार तोकिएको छ ।

२०७७ चैत र २०७८ वैशाख महिनाको बुझाउनुपर्ने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शूल्क र दूरसंचार सेवा दस्तुर दाखिला गर्ने म्याद समेत २५ असार २०७७ सम्म थप भएको विभागले जनाएको छ । सर्वोच्च अदालतले मंगलबार सरकारले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम सूचना जारी गरेर कर तिर्ने समय तोक्न सक्ने आदेश दिएको थियो ।

source: etajakhabar

१० पटक हेरिएको

तपाईको प्रतिक्रिया