बिहिबार १४ साउन २०७८

पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत अवस्थामा भेटिएको घटनाले चितवन तातिरहेको बेला चितवनबाट नै अर्की एक युवती हराएकी छिन् । पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा असार १४ गतेदेखि बेपत्ता भएको उनको परिवारले जनाएको छ । अपरान्ह साढे ४ बजे घरबाट निस्किएकी बिना सापकोटा अहिलेसम्म घर नफर्किएको परिवारले बताएका छन् । प्रेमी प्रवेश कँडेलले बिनालाई गैंडाकोटस्थित घरैबाट स्कुटरमा राखेर लगेका थिए । आधा घण्टामा आउँछु भनेर गएकी हुन् । अहिलेसम्म फर्किएकी छैनन् । उनलाई कतै पनि भेटिएको छैन ।

परिवारको उजुरीका आधारमा प्रहरीले खोजीसँगै उनका प्रेमी भनिएका भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेललाई पक्राउ गरेर अनुसन्धान थालेको छ । तर, अहिलेसम्म बिनाको अवस्था थाहा हुन नसकेको प्रहरीले जनाएको छ । गैंडाकोटको जनक कलेजमा बीबीएस तेस्रो वर्ष पढ्ने बिना कँडेलसँगै बाइक चढेर घरबाट गएका उनको परिवारले बताएका छन् । उनका बुवाका अनुसार छोरीसँग सोही दिन राति तीन पटक कुरा भएको बताए । युवकले प्रहरीसँगको बयानमा ती युवतीको घरबाट बिनालाई गैँडाकोट पु¥याउन स्कुटर निकाले पनि बिना त्यसमा बस्न नमानेको बताएका छन् । उनका अनुसार बिना पैदल नै चौबिसकोठीसम्म गएको तर आफू एटीएममा पसेको बेला बेपत्ता भएको बताएका छन् ।

बिनाका बुवाका अनुसार गौरीगञ्जमा लगेर छोरीलाई कु’टेको भन्ने सुनेको हो । कहाँ छ के छ केही थाहा छैन । केटाले ती युवकको घर नजिककै एक अर्की युवतीसँग पनि नजिक सम्वन्ध रहेको आशंका भएपछि बिनाले नै ती युवतीसँग भेटाउन र कुरा गराउन प्रवेशलाई आग्रह गरेको खुल्न आएको छ ।’ उनले भरतपुर महानगरपालिका–४ का प्रवेश कँडेलसँग केही वर्षदेखि छोरीको प्रेम सम्बन्ध रहेको र दुई वर्षपछि विवाह गर्ने केटाको परिवारले भन्दै आएको जानकारी दिए ।

उनले छोरी चारदिनदेखि घर नफर्किएपछि असार १८ गते साँझ फेसबुकमा एउटा स्टाटस पोस्ट गरेर छोरी हराएको बारेमा सूचना सार्वजनिक गरेका थिए । सूचना सार्वजनिक गर्दा पनि कसैले उनको बारेमा जानकारी दिएनन् । दुई छोरी र एक छोरामा बिना जयश्वरको कान्छी छोरी हुन् । सोही दिन उनीहरुबीच खटपट भएपछि बिना त्यहाँबाट हिंडेकी थिइन् । सोहीदिन ती युवकलाई छक्काएर बिना वेपत्ता भएको युवकले बताउँदै आएको प्रहरीले जनाएको छ । प्रवेश र बिनाको बुवाको बीचमा पटक–पटक कुराकानी भएको प्रहरीको भनाइ छ ।

प्रहरी निरीक्षक खनालले कँडेललाई पक्राउ गरेर चितवन प्रहरीलाई बुझाइएको बताइन् । प्रहरीले प्रवेशसँगै दुई युवा, ती युवती र प्रवेशको परिवारका सदस्यहरूसँग पनि सोधपुछ गरी अनुसन्धान गरिरहेको छ । प्रवेशले पनि फसबुकमा ‘रिलेशन विथ बिना सापकोटा’ उल्लेख गरेका छन् । बेलायतमा रहँदै आएका प्रवेश वैशाखको दोस्रो हप्ता नेपाल आएका थिए । प्रवेशको जुलाईको १२ तारेखमा बेलायत फर्कने टिकट छ । उनी नेपाल फर्किएपछि चारदिनसम्म बिनाको घरमा नै बसेको परिवारिक स्रोतले जनाएको छ ।

प्रवेश र विनाको प्रेम सम्बन्धको कुरा दुवै परिवारलाई थाहा थियो । प्रवेश बिनाको घरमा बेलाबेलामा पुगिरहन्थे । बिनाले अर्की एक केटीको विषयमा सोधपुछ गरेपछि प्रवेश तीन जना सँगै बसेर कुरा गर्न तयार भए । बेपत्ता भएकी बिना प्रवेशको स्कुटर चढेर भरतपुरतर्फ लागेको बिनाका परिवारले जानकारी दिए ।

यो पनि हेर्नुहोस:

source: etajakhabar
६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया