शनिबार १६ साउन २०७८

काठमाडौ । गैंडाकोट नगरपालिका–४ की २१ वर्षीया बिना सापकोटा असार १५ गतेदेखि ह रा ए कीछन् । बिना ह रा एको धेरै दिन पछि उनी चितवनमा हिड्दै गरेको एउटा भिडियो देखिएको छ । सरकारी कुनै पनि सीसीटीभी क्यामेराले काम गरेको छैन । उनी भाटभटिनीको सीसीटीभी क्यामेरामा देखिएकी हुन् । भटभटिनीले वाहिर राखेको सीसीटीभी क्यामेरामा उनी हिडेको देख्न सकिन्छ । उनी दायावाया नहेरी सरासर हिडिरहेको भिडियोमा देखिन्छ ।

अन्य कुनै सरकारी सीसीटीभी क्यामेराले काम नगरेका कारण प्रहरीलाई भाटभटिनी पछि उनी कता लागिन् भनेर खोज्न पनि मुस्किल परेको छ । बिनाकै प्रेमीसंग आफ्नै घरवाट लिएर गएका प्रवेश नामका युवकले उनलाई लिएर गएका थिए । ५ वर्ष देखि विनासंग प्रेममा रहेका प्रवेशले अर्की युवतीलाई पनि प्रेममा राखेको थाहा पाएपछि विना त ना वमा आएकी थिइन् ।

यो अर्को समाचार, देशभर मनसुनी वायुको प्रभाव रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनाका साथै केही स्थानमा मेघ गर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भारी वर्षाका कारण पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहनाका साथै नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने र दैनिक जीवन÷यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनाका साथै प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँ उपत्यकामा बिहान घाम लागे पनि अहिले आंशिक बदली छ । उपत्यका आसपासका पहाडमा अहिले हल्का वर्षा भइरहेको छ ।

narayanipati

७३ पटक हेरिएको

तपाईको प्रतिक्रिया