बुधबार ०९ आषाढ २०७८

पश्चिम दैलेखको आठबीस नगरपालिकावाट ४ छोराछोरी लिएर घरवाट आमा हिडेकी थिइन् । ति मध्य कर्णाली नदीमा दुई छोरीको शव फेला परेको छ भने आमा सहित अझै ३ जना हराइरहेका छन् ।उनीहरु कर्णाली नदिमा कसरी पुगे भन्ने कुरा खुलेको छैन । प्रहरीका अनुसार माछा मा र्ने क्रममा अछामको पञ्चदेवल विनायक नगरपालिका– ४ बेलखेत नजिकै जा ल तान्दा शव भेटिएको हो ।पश्चिम दैलेखको आठबीस नगरपालिका– ३ निमायल निवासी मानसिंह बडुवालकी दुई छोरी वर्ष १६ की कल्पना र वर्ष १२ की सरिता बडुवालको शव नदिमा फेला परेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए ।मानसिंहको परिवारमा ६ जना सदस्य थिए। बडुवालकी श्रीमति, तीन जना छोरी र एक छोरा सोमबार दिउँसो नै घरबाट निस्किएको भन्ने बुझिएको ईलाका प्रहरी कार्यालय राकमका सहायक प्रहरी निरीक्षक गोविन्द ढकालले बताए । ‘बुवालाई हामीले ल्याएर यहाँ अफिसमै राखेका छौं, उहाँका एक छोरा र श्रीमती भेटिएका छैनन्,’ उनले भने।

 

९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया