शनिबार १६ साउन २०७८

नुवाकोट जिल्लामा कोभिड–१९ को बढी सङ्क्रामक मानिएको ‘डेल्टा प्लस भेरियन्ट’ फेला परेको छ । त्रिशूली जिल्ला अस्पतालले आज एक प्रेस विज्ञप्ती जारी गर्दै पिसिआर प्रयोगशालाबाट पोजेटिभ देखिएका चार स्वावको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमार्फत अन्तरराष्ट्रिय प्रयोगशालामा परीक्षण गर्न पठाएको मध्ये एक नमूनामा डेल्टा प्लस भेरियन्ट भेटिएको जनाएको छ ।

अस्पतालमा मेडिकल प्रमुख डा दीपेन्द्र पाण्डेले डेल्टा प्लस भेरियन्ट पहिलेका भेरियन्ट भन्दा ६० देखि १०० प्रतिशत बढी सङ्क्रामक रहेको जानकारी दिँदै सजग रहन आग्रह गर्नुभयो । यसैबीच जिल्ला प्रशासन कार्यालयले एक साताको लागि निषेधाज्ञ थप गरेको छ ।प्र्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले निषेधाज्ञ आगामी साउन १ गते राति १२ बजेसम्म रहने जानकारी दिनुभयो । जिल्लामा ५०२ कोरोनाका सक्रीय संक्रमित छन् । हालसम्म कोरोनाबाट ३७ जनाको ज्यान गइसकेको छ ।

यो पनि – पछिल्लो २४ घन्टामा थप २ हजार २३९ जनामा कोरोना संक्रमण पुष्टि, २० जनाको मृत्यु

काठमाडौं, २५ असार । पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएसँगै कुल मृतकको सङख्या नौ हजार ३४० पुगेको छ । यस्तै गत २४ घण्टामा थप २,२३९ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६,६५७  जनाको पिसिआर तथा ४,६५६  जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः  १४७९ र ७६०  जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै देशभर कोरोना सङ्क्रमितको कूल सङ्ख्या पिसिआर पोजेटिभ ६ लाख ५२ हजार ८५९ र एन्टिजेन पोजेटिभ ४२ हजार २२९ पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा १,३१६ जना उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ६ लाख १६ हजार ९२९ पुगेको छ । कारोना निको भएको दर ९४.५ प्रतिशत रहेको छ ।

 

 

यो पनि – विश्वभर तीन अर्ब ३५ करोड ६२ लाख ४७ हजार ३२१ डोज खोप लगाइयो

विश्वभर तीन अर्ब ३५ करोड ६२ लाख ४७ हजार ३२१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् । चीनमा एक अर्व ३४ करोड २३ लाख ८१ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३७ करोड २२ लाख ५५ हजार ७८६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा ३३ करोड १२ लाख २ हजार ६४१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा दश करोड ३८ लाख २४ हजार ८५४ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ।

बेलायतमा आठ करोड ४ लाख ७२ हजार ५४४ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी सात करोड ९७ लाख २९ हजार २५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।पोल्याण्ड छ करोड ११ लाख ३७ हजार २३९ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । फ्रान्स पाँच करोड ७९ लाख ४२ हजार ३६५ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । टर्कीमा पाँच करोड ६४ लाख १६ हजार १७३ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली पाँच करोड ६० लाख ४७ हजार ९४८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

यो पनि – कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघ्यो

कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख १० हजार ६५२ जनाको मृत्यु भएको छ । विश्वभरी कूल सङ्क्रमितको संख्या १८ करोड ५५ लाख ६४ हजार ६ जना रहेका छन । विश्वभर तीन अर्ब ३५ करोड ५९ लाख ८७ हजार ११३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । सो विश्वविद्यालयले जुलाई ८ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित बीस देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार रहेका छन् ।

देश सङ्क्रमितको संख्या कूल मृत्यु

संयुक्त राज्य अमेरिका तीन करोड ३७ लाख ९० हजार ५०५ छ लाख ६ हजार ४७५

भारत तीन करोड ७ लाख ५२ हजार ९५० चार लाख ५ हजार ९३९

ब्राजिल एक करोड ८९ लाख ६२ हजार ७६२ पाँच लाख ३० हजार १७९

फ्रान्स ५८ लाख ६१ हजार १३८ एक लाख ११ हजार ४७३

रुस ५६ लाख ३८ हजार ९०१ एक लाख ३८ हजार ४४१

टर्की ५४ लाख ६५ हजार ९४ ५० हजार ९६

बेलायत ५० लाख ४० हजार ६० एक लाख २८ हजार ६०१

अर्जेन्टिना ४६ लाख १३ हजार १९ ९७ हजार ९०४

कोलोम्बिया ४४ लाख ५० हजार ८६ एक लाख ११ हजार १५५

इटाली ४२ लाख ६७ हजार १०५ एक लाख २७ हजार ७३१

स्पेन ३९ लाख १५ हजार ३१३ ८० हजार ९९७

जर्मनी ३७ लाख ४१ हजार ४७० ९१ हजार १९७

इरान ३३ लाख २७ हजार ५२६ ८५ हजार ३९७

पोल्याण्ड २८ लाख ८० हजार ५९६ ७५ हजार १३५

मेक्सिको २५ लाख ६७ हजार ८२१ दुई लाख ३४ हजार ४५८

इन्डोनेसिया २४ लाख १७ हजार ७८८ ६३ हजार ७६०

युक्रेन २३ लाख ८ हजार ७९७ ५४ हजार ९०६

दक्षिण अफ्रिका २१ लाख ३५ हजार २४२ ६३ हजार ४९९

पेरु २० लाख ७४ हजार १८६ एक लाख ९३ हजार ९०९

नेड्रल्याण्ड १७ लाख २९ हजार ७०६ १८ हजार ४६

यो पनि – चीनबाट खरीद गरिएको आठ लाख मात्रा ‘भेरोसेल’ खोप नेपाल आइपुग्यो

कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ नेपाल आइपुगेको छ । चीनबाट खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत आज बिहान ६ बजे नेपाल आइपुगेको हो । बिहीबार साँझ उक्त जहाज खोप लिनका लागि चीनतर्फ गएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले सरकारले खरिद गरेको खोप आज बिहान आइपुगेको जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा आज आठ लाख मात्रा अर्थात् १३ हजार किलो खोप आइपुगेको जानकारी दिनुभयो । सरकार र खोप कम्पनीबीच नन डिस्क्लोलर सम्झौताअनुसार कति परिमाणमा खोप नेपाल ल्याउने भन्ने कुरा खुलाइएको छैन ।

अब यही साउन ८ गतेसम्म तीन उडानमार्फत नियमितरुपमा खोप आउन थालेको हो । यस्तै असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते र साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ । उहाँले अहिले टेकुस्थित चिस्यान केन्द्रमा खोप भण्डारण गरिरहेको जानकारी दिनुभयो । मन्त्रालयले खोप लगाउने कार्यलाई विशेष प्राथमिकतामा राखेपछि यो खोप देशभरि नै पठाउने तयारी गरेको छ । खोप ६० वर्षमुनि उमेर समूहका मानिसलाई प्राथमिकताका आधारमा लगाउने मन्त्रालयको तयारी छ । कूल जनसङ्ख्याको दुई करोड २० लाखलाई खोप लगाउने सरकारको लक्ष्य छ । नेपालमा अहिलेसम्म २६ लाख ११ हजार ८०७ लाई पहिलो मात्रा र नौ लाख ३३ हजार ८६८ लाई दोस्रो मात्राको खोप लगाइसकेको छ ।

यो पनि – चिनियाँ सामग्री निर्धक्क आयात गराउन आग्रह

वर्षायाममा हुने अवरोध हटाई तत्काल यहाँका राजमार्ग सञ्चालन गराउन पूर्व तयारी गरिएको छ । यस वर्ष जेठदेखि भारी वर्षा शुरू भएको र स्याउबारीदेखि रसुवागढी क्षेत्रको करिब ४५ किलोमिटर सडकका भूभागमा अनगिन्ती पहिरो जान थालेपछि सडक विभागले एक घण्टाभित्र अवरोध हटाउन प्राविधिक जनशक्तिसहित उपकरण तैनाथ गरेको हो । सडक हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटका दुई इञ्जिनीयर उपकरणसहित तैनाथ भएकाले यस वर्षको सडक अवरोध तत्काल हट्नेमा आफूहरू आशावादी भएको चालकले बताएका छन् । यही असार १ गते आएको भीषण बाढीले सिन्धुपाल्चोकको तातोपानी नाका अवरूद्ध बनाएपछि चीनसँगको कारोवार गर्ने एकमात्र उत्तरी रसुवागढी नाका सहज पार्न जिल्ला विपद् व्यवस्थापन समितिको आग्रहमा यस वर्ष सडक विभागले विशेष चासो देखाएको छ ।

आकस्मिकरूपमा आउने पहिरो पन्छाउन यतिबेला यहाँका सडक मार्गमा दुई टिपर, एक डोजर, एक लोडर र दुई स्काभेटर तैनाथ गरिसकिएको इञ्जिनीयर राजेन्द्र मर्हजनले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयका अनुसार असार १ गतेयता २५ भन्दा बढी स्थानका सडक अवरोध हटाइएको छ । असार पहिलो हप्ता सडकको अवरोध हटाउन सुरक्षा जनशक्ति बढी खट्नु परिरहेको अवस्थामा तैनाथ गरिएका सरकारी उपकारले केही सहजता आएको बताइएको छ । रसुवागढी क्षेत्रका राजमार्ग खुलाउन विगतदेखि नै निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले निरन्तर उपकरण सहयोग गरिरहेको छ । यस वर्षदेखि निर्माण चरणमा अगाडि बढिरहेको एक सय २० मेगावाट भोटेकोशी जलविद्युत् आयोजनाले पनि पहिरो पन्छाउन उपकरण उपलब्ध गराई सहयोगी भूमिका निर्वाह गर्दै आएको छ ।

यस्तै आकस्मिक कार्यका लागि सडक कार्यालयले प्रहरीलाई उपकरण दिएको भन्ने केही सञ्चार माध्यमको सूचना यर्थात् नभई औजार मात्र भएको र आम नागरिकलाई जानकारी गराउन ती औजार प्राप्त गरेकै दिन प्रहरीको फेसबुकमार्फत सार्वजनिक गरिएको प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताउनुभयो । स्थानीय प्रशासनको आदेशमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलले सडक सञ्चालनदेखि लिएर विपद् व्यवस्थापनमा गरेको योगदान उल्लेखनीय भएको नागरिक समाजले जनाएको छ ।

भारी वर्षाका कारण पहिराको जोखिम बढेपछि त्रिशूली र भोटेकोशी नदी किनारमा रहेको नयाँ राजमार्ग सुधारका सबै काम वर्षायाम भरका लागि बन्द गरिएको छ । छोटो दूरीको बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी तर्फको राजमार्गमा जोखिम बढेपछि बेत्रावती, धुञ्चेतर्फको मार्ग मात्र सञ्चालन गराइएको गल्छी, मैलुङ स्याफ्रु सडक बिस्तार आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो । सडक विस्तार आयोजनाका साथै डिभिजन सडक कार्यालयको समेत जिम्मेवारी सम्हालेका कारण पासाङल्हामु मार्गमा हुने अवरोध एक घण्टाभित्र हटाई सवारी साधन निर्वाध सञ्चालन गराउन आवश्यक उपकरणसहित आफू पूर्वतयारीमा रहेकाले चीनबाट ल्याइने सामग्री निर्धक्क साथ आयात गर्न व्यापारी व्यवसायी वर्गलाई आग्रह गरिएको प्रमुख भण्डारीले जानकारी दिनुभयो ।

विगतको तुलनामा यस वर्ष पासाङल्हामु मार्गको बेत्रावती, कालिका स्थान, धुञ्चे, स्याफ्रुबेँसी क्षेत्रका अधिकांश असहज भागका उल्लेखनीय सुधार गरिएको र केही भागका काम निरन्तर अगाडि बढिरहेको डिभिजन सडक कार्यालयले जनाएको छ । बेत्रावतीदेखि कालिका स्थान, धुञ्चे हुँदै स्याफ्रुबेँसीसम्मका सडक सुधारका लागि विनियोजित रु २० करोडमध्ये करिब रु १० करोड खर्च गरिसकिएका असहज स्थानमा सडक सतह ढलानसमेत गरिएको छ ।चीनसँगको कारोवार गर्ने व्यापारी नाका सहज र बलियो बनाउन सरकारले रकम विनियोजन गरे पनि कार्यस्थलमा यथेष्ट काम हुन नसक्दा रु १० करोड फ्रिज जाने भएको छ । कोरोनाको सङ्क्रमण, निर्माण सामग्रीको अभाव, रोग नियन्त्रणका लागि स्थानीय प्रशासनको निषेधाज्ञाजस्ता कारणले विनियोजित रकम बराबरको काम हुन नसकेको सडक सुधारका कार्य गराउने इञ्जिनीयर मर्हजनले बताउनुभयो ।

इञ्जिनीयर मर्हजनका अनुसार रु १० करोडको खर्चबाट साविक कालोपत्र उप्केका एक हजार २०० मिटर भागमा मर्मत, ३५० मिटरमा

ग्याबिन पर्खाल निर्माण, दुई हजार ६०० मिटर सडक सतहमा ढलान, दुई किलोमिटर नाली मर्मत गरिएको बताइएको छ । रासस

६ पटक हेरिएको

तपाईको प्रतिक्रिया