शनिबार १६ साउन २०७८

काठमाडौं । एक मात्रा मात्रै लगाए पुग्ने कोरोना विरुद्धको अमेरिकी खोप सोमबार नेपाल आउने भएको छ । अमेरिकाबाट आगामी सोमबार १५ लाख डोज खोप आउने भएको स्वास्थ्य मन्त्रायका एक उच्च अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोभ्याक्स सुविधा अन्तरर्गत सोमबार जोन्सन एण्ड जोन्सन कम्पनीको जेनसेन खोप आउन लागेको हो । तर उक्त खोप कसलाई र कुन उमेर समूहलाई लगाउने भन्ने विषय टुंगो नलागेको उहाँले जानकारी दिनुभयो ।

खोप विना वैदेशिक रोगजारीमा जान नमिल्ने अवस्था आइरहेकाले उक्त खोप विदेशमा जानेहरुलाई पनि दिन सक्ने बारे छलफल चलिरहेको बताइएको छ । ‘कतिपय देशहरुमा भेरोसेल तथा कोभिशिल्ड लगाइकाहरुलाई कामका लागि अनुमति नदिइरहेको सन्दर्भमा जेनसेन खोप वैदेशिक रोजगारमा जानेहरुलाई दिने की भन्ने विषयमा छलफल चलेको छ तर यसको निक्र्यौल लागेको छैन, मन्त्रालयका अर्का एक अधिकारीेले भन्नुभयो । ’

जोन्सनको ‘जेन्सेन एडी २६.सिओभी.२’ एक मात्रा लगाए पुग्ने खोप हो । जेन्सेन खोप ०.५ एमएलको पाँच मात्रा भएको भाइलमा आउँछ । डब्लूएचओको नीतिअन्तर्गत एउटा भाइलबाट एक मात्रा खोप तानिसकेपछि त्यो भाइललाई २ देखि ८ डिग्री सेल्सियस तापक्रममा ६ घण्टासम्म मात्र राख्नुपर्छ । ६ घण्टापछि उपयोग गर्न मिल्दैन ।

यो खोपलाई पहिलो पटक गत फेब्रुअरीमा अमेरिकाको फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले आपत्कालीन उपयोगका लागि अनुमति प्रदान गरेको थियो । यो खोप १८ वर्षभन्दा माथि सबै उमेरका व्यक्तिलाई लगाउन सकिन्छ । विश्व स्वास्थ्य संगठनले यो खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिइसकेको छ ।

विश्व स्वास्थ्य संगठनको यो खोपबारे जारी अन्तरिम गाइडलाइनअनुसार यो खोपको ०.५ एमएल इन्ट्रामस्कुलरको रूपमा डल्टोइड मांसपेशीमा दिइन्छ ।उक्त खोप अमेरिकाले कोभ्याक्सलाई उपलव्ध गराउने र कोभ्याक्सले नेपाललाई दिन लागेको हो । दुई दिन अघिमात्रै कोभ्याक्स फ्यासिलिटि मार्फत नेपाललाई प्राप्त हुने जोन्सन एन्ड जोन्सनबाट उत्पादित १५ लाख ३४ हजार ८५० डोज कोभिड भ्याक्सिन (५ डोज/भाइल) नेपाल आयात गर्नका लागि अनुमति प्रदान गरिदिनुहुन भनी स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागलाई पत्र पठाएको थियो ।

helthpati

९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया