बुधबार २० साउन २०७८

काठमाण्डौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रचण्डलाई पार्टीबाट हटाएको र अदालतले नेकपा एमाले र माओवादी केन्द्र दुबै पार्टीलाई पुरानो अबस्थामा फर्काएको बेला पुर्व माओवादीहरुको एकता प्रयास शुरु भएको छ ।

पुर्व माओवादी केन्द्रका नेता नेताहरु मोहन बैद्य किरण, बिप्लव र बाबुराम तथा गोपाल किरातीको घर भरमा भेट्न पुगेको भन्दै समाचारहरु बाहिरीन थालेका छन् । माओवादी केन्द्रले ओलीसँग मिलेर जितेका सिटहरु गुम्ने अबस्था छ । बादल, टोप बहादुर, मणी, लेखराज लगायतका नेताहरु एमालेमा प्रवेश नै गरिसेका छन् ।

प्रचण्ड र बाबुरामबीच सत्ता समिकरण मिलाउन भेटवार्ता
काठमाडौं,। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । आज बाबुरामलाई भेट्न प्रचण्ड टोेखास्थित निवासमै पुगेका थिए । साँझ ७ बजेबाट भएको भेट ८ बजे सकिएको थियो । एक घन्टा लामो भेटमा दुई नेताबीच सत्ता समिकरणबारे कुराकानी भएको थियो ।

यसअघि प्रचण्डले अपरान्ह नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । प्रचण्डले काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच सत्ता समिकरणको गृहकार्य गरिरहेका छन् । उनले काँग्रेस या जसपामध्ये एकलाई सरकारको नेतृत्वका लागि मनाउन लागिपरेका छन् । तर, दुवै दलको आ आफ्नै दाबी गरेको बुझिएको छ ।-फाइल तस्बिर

newsparda

 

२०९ पटक हेरिएको

तपाईको प्रतिक्रिया