शुक्रबार १५ साउन २०७८

सावधान ! लामखुट्टेको टोकाइ बाट लाग्ने जिका भाइरस पहिलाे पटक भेटियो ! भा-रतको केरलामा पनि जिका भाइरस भेटिएको छ । त्यहाँकी एक गर्भवतीलाई जिका भाइरसको सङ्क्रमण भएको पाइएको भा-रतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यसअघि केरलामा जिका भाइरस भेटिएको थिएन । सङ्क्रमित गर्भवतीलाई ज्वरो आउने टाउको दुख्ने जस्ता समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । परीक्षणका क्रममा उनलाई जिका भाइरस पुष्टि भएपछि अन्य १९ जनाको पनि नमुना परीक्षण गरिएको थियो ।

१९ जनामध्ये १३ जनामा जिकाको आशङ्का गरिएको छ । लामखुट्टेको टोकाइका कारण लाग्ने याे जिका भाइरसको लक्षण डेङ्गुको जस्तै हुने गर्दछ । गर्भवतीलाई जिका भाइरसको जोखिम सबैभन्दा धेरै हुने गर्दछ ।

यसले बच्चाको दिमागी विकासमा अवरोध गरी मस्तिष्कको आकार सानो बनाइदिन्छ । भारतमा सन् २०१७ मा पहिलो पटक जिका भाइरस भेटिएको थियो । सन् २०१५ मा ब्राजिलमा जिका भाइरसको प्रकोप फैलिएको थियो ।

काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

postpatrika

११८ पटक हेरिएको

तपाईको प्रतिक्रिया