Monday, November 30

लागूऔषध ब्राउन सुगरसहित दुई जना भारतीय नागरिक प्रहरी नियन्त्रणमा

August 3, 2020 133

शीतल भट्ट,
कञ्चनपुर, १८ साउन । कञ्चनपुरको बेलौरी नगरपालिका–१० सडकघाट सीमा क्षेत्रबाट लागूऔषध ब्राउन सुगरसहित दुई जना भारतीय नागरिक प्रहरी नियन्त्रणमा परेका छन् ।

आइतबार नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान सहयोग टिम (आरआईटी) र इलाका प्रहरी कार्यालय बेलडाँडीको संयुक्त टोलीले सडकघाट क्षेत्रबाट लागूऔषधसहित दुई जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो ।

नेपालतर्फ बेच्न ल्याइरहेका अवस्थामा भारतीय नागरिकको साथबाट ब्राउन सुगर बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । आरआईटीका प्रहरी सहायक निरीक्षक पदम थापाले भारतको पिलिभित कम्भोजनगर पतैयाका गोबिन्द सिंह राजवीर सिंहलाई नियन्त्रणमा लिइएको बताए ।

नियन्त्रणमा लिइएको दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडीमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्