बिहिबार १४ साउन २०७८

एजेन्सी । अवैध रुपमा अमेरिका प्रवेश गर्न लागेका नेपाली सवार डुंगा दुर्घटना हुँदा केही नेपाली हराएको समाचार आएको छ । क्यारेबियन सागरमा डुंगा दुर्घटना हुँदा सात नेपाली युवा समुन्द्रमा बेपत्ता भएको समाचार सार्वजनिक भएको हो । उनीहरु अवैध वाटोवाट अमेरिका प्रवेश गर्न लाग्दा यस्तो घटना भएको बताइएको छ ।

दुर्घटना असार ५ गते नै भएको अन्तराष्ट्रिय सचार माध्यमले जनाएका छन् । डुंगामा सात नेपाली र अन्य विवेशी गरेर १८ जना युवा सवार थिए। जसमध्ये एक नेपाली र केही विदेशीको उद्धार भएको छ। तर, सात नेपाली भने समुन्द्रमा बेपत्ता भएका छन्। अमेरिका छिर्नको लागि कोलम्बियाको नेपोलीबाट क्यारेवियनकोस्टस्थित कपुरगाडा जाँदै गर्दा डुंगा दुर्घटना भएको हो।

उक्त डुंगामा सवार ८ नेपालीमा दाङका एन्जल बुढामगर, दाङ तुल्सीपुरकै हेमराज अधिकारी, दाङ पश्चिम हापुरेका रेशम डिंगामगर, पर्वत कुश्माका दिनेश गौतम, पर्वत ग्यादीका राजु गुरुङ, स्याङ्जाका नाम नखुलेका देवकोटा, म्याग्दीका प्रकाश विक तथा जिल्ला र नाम नखुलेका अर्का एक जना छन्। तीमध्ये उद्धार गरिएका म्याग्दीका प्रकाश विक एक अस्पतालमा उपचार गराएर फर्किइसकेका छन्।

स्रोतका अनुसार ८ जना नेपालीलाई तीन फरक–फरक एजेन्टले फरक–फरक मितिमा काठमाडौंबाट अमेरिकाका लागि लगेका थिए । उनीहरू सबैलाई नेपाली एजेन्टहरूले अवैध मार्गबाट कोलम्बिया, पानामा, कोस्टारिका, निकारागुवा, ग्वाटेमाला हुँदै मेक्सिको पुर्याएर त्यहाँबाट अमेरिका छिराउने योजना बनाएको खुलेको छ ।

etajakhabar

८३ पटक हेरिएको

तपाईको प्रतिक्रिया