Monday, November 30

पेन्सन खानका लागि ३ वर्षदेखी मरेकी आमाको शव फ्रीजमा

October 21, 2020 174

भारतमा एक व्यक्तिले आमाको श;व तीन वर्षसम्म फ्रिजभित्र लुकाएर राखेको पाइएको छ । छिमेकी र नातेदारले समेत थाहा नपाउनेगरी आमाको श;व फ्रिजमा राख्नुको कारण भने अचम्मको छ ।कोलकाताका शुभव्रता मजुमदारले अरु कारणले नभई आमाको नाममा राज्यले दिने पेन्सन खानका लागि श;वलाई फ्रिजमै राखेका हुन् ।आमाको श;व सड्नबाट जोगाउन उनले केमिकल प्रयोग गरेका थिए ।

मृ-त्यु भएकी आमाको पेन्सन खान उनले यो जुक्ति निकालेको प्रहरीको प्रारिम्भक अनुसन्धानले देखाएको छ । तर उनले मृ;त शरीर फ्रिजभित्र राखे आमाको पुर्नजन्म हुने विश्वासमा यस्तो गरेको जिकिर गरेका छन् ।उनको यस्तो हर्कत एक छिमेकीले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । उनलाई कोलकाता प्रहरीले प;क्राउ गरी हिरासतमा राखेको छ ।

अभियुक्त छाला प्राविधिक भएकाले मृ;त शरीर जोगाउने तरिका उनलाई राम्रोसँग थाहा थियो । त्यसैले उनले केमिकलको प्रयोग गरी आमाको श;वलाई सुरक्षित राखेका थिए ।सन् २०१५ अप्रिलमा शुभव्रताकी आमाको मृ-त्यु भएको थियो । तर, उनले आमाको मृ-त्यु भएको हल्ला कतै पनि गरेनन् । उनले सुटुक्क श;वलाई फ्रिजभित्र राखे ।

त्यसयताका तीन वर्ष उनले हरेक महिना आमाको खाताबाट पेन्सनबापत आएको पैसा निकाले । त्यसका लागि उनले हरेक महिना मृ;त आमाको औंठाछाप लगाउँथे र डेविटकार्डमार्फत पैसा झिक्थे । उनले मासिक ३० हजार रुपैयाँ पेन्सल पाउँथिन् ।

everesthotnews

प्रतिकृया दिनुहोस्