शुक्रबार २२ साउन २०७८

काठमाडौं, २५ फागुन । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच सरकारमा साझेदारी गर्नेबारे छलफल चलेको छ । त्यसको लागि दुवै तर्फबाट कार्यदलसमेत बनिसकेको छ । प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभाको रिक्त उपसभामुख पद जसपा, नेपाललाई दिन तयार रहेको बुझिएको छ ।

जसपाका नेताहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले उपसभामुखको लागि सांसद चन्दा चौधरीको नाम लिएका थिए । चौधरी नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्षसमेत हुन् । यसअघि पनि उपसभामुखमा चौधरीकै नाम चर्चामा थियो । कार्यदलले रेशम चौधरीलाई रिहाई गर्नेबारेसमेत छलफल गरेको छ ।

 

१०८ पटक हेरिएको

तपाईको प्रतिक्रिया