बुधबार २० साउन २०७८

नेपाली सेनाको प्याराग्लाईडिङ दुर्घटना भएको छ । अभ्यासका क्रममा काठमाण्डौंमा उक्त दुर्घटना भएको सेनाले जनाएको छ ।

सेना दिवसका लागी सै न्य अभ्यासको तयारी गर्ने क्रममा काठमाडौंको प्रदर्शनीमार्गमा सेनाको प्याराग्लाईडिङ दुर्घटना भएको हो ।

सेनाले अभ्यास गर्ने क्रममा प्याराग्लाईडिङ पनि समावेश गरेको छ । त्यसक्रममा तीनवटा प्याराग्लाईडिङ दुर्घटनामा परेका थिए । उक्त ३ वटा प्याराग्लाईडिङ ल्याण्ड हुनुपर्ने बिन्दुभन्दा बाहिर गएका थिए ।

प्याराग्लाइडिङमा सवार तिनजना सैनिकलाई नेपाली सेनाको एम्बुलेन्स मार्फत अस्पताल पठाइएको छ । तीन जना सैनिकको अवस्था सामान्य रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

हावाको गतिका कारण टुँडीखेलमा ल्याण्ड हुनुपर्ने प्याराग्लाइडिङ अन्यत्र गएका थिए ।

त्यस क्रममा फरक ठाउँमा ल्याण्ड हुँदा यस्तो घटना भएको बताइएको छ । सेना दिवसको दिन सैनिक कला देखाउनका लागि नेपाली सेनाले टुँडीखेलमा अभ्यास गरिरहेको छ । तस्वीर: सामाजिक सञ्जाल

२६० पटक हेरिएको

तपाईको प्रतिक्रिया