सोमबार २७ बैशाख २०७८

सबै कुरा नबुझि बिवाह गर्न हतार गर्दा परेको समस्याले एक महिलाले देह त्यागको प्रयास गरेकी छन् । मेरो विवाह भएको छैन । म अविवाहित हुँ भनेर युवतीसंग नजिकिए । उनीहरु बीच प्रेम भयो । युवती प्रेममा परिन् । उनीहरुले काठमाडौ आएर पशुपतिनाथ मन्दिरमा विवाह समेत गरे । तर अहिले ति युवकले उनलाई श्रीमती स्वीकार गरेनन् । अहिले एउटा सानो सन्तान पनि छ । तर उनले श्रीमती त स्वीकार गरेननन् छोरालाई सन्तान पनि स्वीकार गरेनन् ।

झापाको कन्काइ नगरपालिका ९ मा भएको यो घटनाले यि युवतीको जिवन अहिले बिचल्लीमा परेको छ । काठमाडौमा लगेर विवाह गरे, सन्तान जन्मियो अहिले उनी फेरी झापा आएर बसेकी छन् । श्रीमानले धोका दिएपछि अहिले ति युवती मिडियामा आएकी छन् । कमला भुषाल नाम बताउने ति महिलाले आफुलाई नहेरे पनि सन्तानलाई अधिकार दिलाउन लागेकी छन् ।

दुई वर्ष देखि मलाई यता न उता पारेर बिचल्ली बनाए, फोन गर्दा पनि चोकमा गएर मागेर खा भनेर जवाफ लगाउँछन्, उनले भनिन्, उनी साउदीमा छन् । उनले आफु ब्युटी पार्लर सिक्थिन् । त्यही बेलामा उनीहरुको भेट भयो । विवाह भएको उनीहरुबीच औपचारीक प्रमाण छैन । धेरै समय उनीहरु संगै बसे । त्यसवाट छोरा जन्मियो । पशुपतिमा दुई जनाले मात्र विवाह गरेका थिए । त्यसको प्रमाण आफुसंग नभएको युवतीको भनाई छ ।

त्यती बेला म संग मोवाइल थिएन, उनी आफै फोटो खिचेका थिए तर अहिले त्यो फोटो पनि डिलिट गरेका छन्, उनले भनिन् छोरालाई मेरो हो भनेर स्वीकार गरेकै छैनन् । गल्ती हामी दुवैले गर्र्यौ त्यसको सजाय मेरो छोरालाई किन दिनु ? दुवईमा संगै हुँदा पनि आफुले कमाएको सबै पैसा श्रीमानले नै राखेको बताउँछिन् । अहिले छोरा विरामी हुँदा पैसा दिनु भन्दा पनि दिन्नन् ।

१५२ पटक हेरिएको

तपाईको प्रतिक्रिया