Thursday, October 22

पहिरोका घा’इतेलाई हेलिकप्टर मार्फत कोहलपुर लगियो

July 21, 2020 59

प्रकाश चन्द्र भट्ट ,दार्चुला। पहिरोमा परी घा’इते भएका मालिकार्जुन गाउँपालिका ८ पस्तीका आमा छोरीलाई हेलिकप्टर मार्फत कोहलपुर लगिएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा घा’इतेहरुलाई सेनाको हेलीकप्टर मार्फत उपचारका लागि कोहलपुर मेडिकल कलेज नेपालगंज लगिएको हो ।मंगलवार विहान घरमाथिबाट आएको पहिरोले घर पु’रिएर घा’इते भएका ३५ वर्षीया लक्ष्मी परीयार र उनकी १२ वर्षीया छोरी सोनिया परीयारलाई थप उपचारको लागि कोहलपुर लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए ।

घाइतेहरुलाई मालिकार्जुन गाउँपालिकाले ३० हजार नगद उपलब्ध गराएर हेलिकप्टर मार्फत कोहलपुर पठाइएको गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीले बताए । पहिरोमा परीे लेकम गाउँपालिका–५ पिड घर भएका २५ वर्षिय अर्जुन दर्जी र सोही ठाउँका १८ वर्षिय मिलन दर्जीको मृ’त्यु भएको छ ।

प्रतिकृया दिनुहोस्