सोमबार ०७ आषाढ २०७८

काठमाडौ । अस्पतालमा दुई महिना भन्दा बढी उपचारको लागि अस्पताल बसाई पछि अस्ताएका कञ्चनको मंगलवार अन्त्यष्टि भएको छ । आइतवार निधन भएका कञ्चनको शव उनको श्रीमती भनिएकी युवतीको घरमा लगेर आफन्तले राखेका थिए । अनिशाले कञ्चनको श्रीमती भएर हिन्दु धर्म अनुसार मान्नुपर्ने परम्परा पुरा गर्नुपर्ने माग कञ्चनको परिवारको थियो ।

सोही माग लिएर उनीहरु यति धेरै दिन देखि अनिशाको घर अगाडी आन्दोलन गर्न पुगेका थिए । तर कञ्चनको शव धेरै दिन बाहिर राख्दा विग्रन थालेपछि प्रहरीको रोहवरमा भएको सहमति अनुसार शव उठाइएको हो ।

मंगलवार देवघाटमा कञ्चनको अन्त्यष्टि गर्ने सहमति अनुशार अनिशाको घरवाट शव उठाइएको हो । लामो समयसम्म छोराको उपचारको लागि अस्पतालमा बसेकी आमा निधन पछि एक्लिएकी छन् ।

 

१६४ पटक हेरिएको

तपाईको प्रतिक्रिया