आइतबार १७ साउन २०७८

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
धेरै बोल्ने बानीले दुःख पाइएला होस पुर्याउनु होला । धनको नाश पनि होला । सन्तानबाट खोजे जस्तो सहयोग नपाउँदा केहि पीडा होला । स्वास्थ्यमा समस्या आउला । साथै, उपचारका लागी खर्च हुनेछ । दिन रमाइलोको साथ बित्ने छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
आफु भन्दा ठुला मान्छेको सल्लाह अनुसार चल्नु होला, समर्थन गर्ने प्रशस्त पाइएलान । काममा सोचे जस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । साथै, आफन्तले पनि सहयोग गर्नाले सबै रोकिएका कामहरु बन्न थल्ने छन् ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
गरि राख्नु भएको कामबाट फाइदा हुने समय आएको देखिन्छ । धन कमाउने योग छ । काममा जोश जागर आउनुका साथै आर्थिक एवम् सामाजिक लाभ मिल्ने छ । उधोग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ । यात्राको योग छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनु पर्ने समय छ । अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । बिस्तारै कामहरु बन्न थाल्ने छन् । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । साथी घर परिवारबाट सुख शान्ती पाइने छ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
भौतिक साधन बिग्रनाले लक्ष्य प्राप्त गर्न नसकिएला । खर्च धेरै नै बढ्ने छ । कामकै पछि लागे पनि कुन काम गर्ने निर्णय गर्न सकिने छैन । सोचे अनुरुप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ । काममा पनि मन नजान सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । प्रयत्न गरेको काम पनि छोटै समयमा पूरा हुनेछ । सोचे अनुसार काम बन्न कठिन छ । नयाँ लुूगा र मीठो खाजाको आनन्द पनि मिल्नेछ । आज त्यसै त्यसै समय अलमल गराउने खाल्को छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
आज धैर्य धारण गरी परिश्रम गर्ने दिन हो । प्रशंसकहरू पनि बढ्नेछन् । आर्थिक कार्य फलदाई हुनुका साथै पारिवारिक सुख मिल्ने छ । पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्ने छ । ब्यापारमा सोचे अनुरुपको फाइदा होला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
केहि अधुरो काम सम्पन्न हुने खालको दिन रहेछ । आर्थिक लाभ पनि होला । पैतृक सम्पतीबाट लाभ हुनुका सथै धर्मिक कार्यमा सम्लग्न हुने समय छ । बाहान चौपाय आदि प्राप्त होला । साथै, नयाँ सामानको खरिद गर्ने योग देखिन्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
केही विवाद तथा समस्या पर्ने योग छ, सावधान रहनु होला । शारिरीक तथा मानसिक आलश्यता बढ्नेछ, झै भगडा हुने दिन छ । अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन, होस पुर्याउनु होला ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्न सक्छ । हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन् । घर परिवारमा खटपट हुनुका साथै व्यवाहारिक समस्याले सताउने छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
प्रतिस्पर्धीहरू माथि विजय प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुन सक्छ । घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
मनमा सद्विचार आउनाले उत्साहजनक समय रहनेछ । मान सम्मान पनि पाइनेछ । पारिवारिक समस्याको समाधान हुने देखिन्छ । महत्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ । कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ । दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ ।

२८५ पटक हेरिएको

तपाईको प्रतिक्रिया