August 2, 2020 190
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको छलफल सकिएको छ।
प्रधानमन्त्र निवास बालुवाटारमा आइतबार बिहान ९. ५५ बजेदेखि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच झण्डै चार घण्टा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ।
छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र महासचिव विष्णु पोडेल पनि सहभागी रहेको स्रोतले जनायो।
असार १० गते बसेको स्थायी समिति बैठकमा बोल्ने अधिकांश स्थायी समिति सदस्यहरुले ओलीले अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको हो। सहमतिका लागी भन्दै दुई अध्यक्ष र अन्य नेताहरुबीच पटक–पटक छलफल भए पनि सहमति भने जुट्न सकेको छैन।
प्रतिकृया दिनुहोस्