बुधबार २० साउन २०७८

२५ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले पार्टीका शीर्ष नेताहरुलाई जानकारी नदिई नेकपा एमालेसँग सत्ता साझेदारीबारे गृहकार्य गर्न कार्यदल गठन गरेको पाइएको छ ।ठाकुरले २३ फागुनमा विहान प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका थिए । भेटमा ठाकुरले सत्ता साझेदारीबारे गृहकार्य गर्न दुबै दलले कार्यदल गठन गर्ने सहमति भएको पाइएको छ । मंगलबार जसपा संसदीय दलको बैठकमा मात्र उनले कार्यदल गठन गर्ने सहमति भएको र आफूले सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई तोकेको जानकारी दिएका छन् ।ठाकुरको यो कदम पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईका लागि सरप्राइज भएको छ । उनीहरु ओलीसँग सहकार्य गर्ने पक्षमा थिएनन् ।

zkhabar

१९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया