आइतबार बिहान ९: ५५ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शीर्ष नेताहरुबीच छलफल शुरु भएको हो।
छलफलमा नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल लगायतका नेता सहभागी रहेका नेकपा स्रोतले जनाएको छ।
दुई अध्यक्षको भेटमा आज वरिष्ठ नेता झलनाथ खनाललाई पनि सहभागी गराइएको स्रोतकाे भनाई छ।
गएको मंगलबार तय भएको स्थायी कमिटीको बैठक ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि अर्का अध्यक्ष प्रचण्डले बैठक सन्चालन गरेका थिए। त्यसपछि दुई अध्यक्षबीच प्रत्यक्ष सम्वाद भएको थिएन।
ओली र प्रचण्डबीच सम्वाद गराउन बिहीबारदेखी महसचिव विष्णु पौडेल र शंकर पोखरेल सक्रिय थिए। शनिबार साँझ पनि ओलीको सन्देश लिएर पौडेल प्रचण्ड निवास खुमलटार पुगेका थिए।
Source Nepalkhabar
पछिल्लो समय नेकपामा प्रधानमन्त्री ओलीको राजीनामाको विषयलाई लिएर विवाद तीब्र बनेको छ।
शीर्ष नेताहरुबीच पटक-पटक भएका वार्ता र छलफलमा पनि सहमति नजुट्दा नेकपामा देखिएको विवाद समाधानको विन्दु फेला परेको छैन।
प्रतिकृया दिनुहोस्