शनिबार १८ मंसिर २०७८

काठमाडौँ — नेकपा एकीकरणको खारेज भएसँगै साविक नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा जाने भएपछि गोपाल किराँती नेतृत्वको माओवादी केन्द्र र सन्ध्या तिवारी नेतृत्वको नेकपा एमाले पार्टीको नाम परिवर्तन गर्नुपर्ने भएको छ ।निर्वाचन आयोगले मंगलबार एक विज्ञप्ति निकाल्दै पछि दर्ता भएका किराँतीको माओवादी केन्द्रले नाम र चुनाव चिन्ह र सन्ध्या तिवारी नेतृत्वको एमाले पार्टीको नयाँ नाम प्रस्ताव गरी १५ दिनभित्र आयोगमा सुधारसहितको विवरण पेश गर्न भनेको छ ।
आयोगले सर्वोच्च अदालतको फागुन २३ गतेको आदेशले एमाले र माओवादी एकीकरण भइ बनेको (ने क पा) दलको उत्प्रेषणको आदेशले बदर भइ दुवै राजनीतिक दल अलग अलग दलका रुपमा साविककै अवस्थामा कायम रहने भन्दै एकीकरणपछि दर्ता भएका पार्टीसँग पुरानै पार्टीको नाम र चुनाव चिन्हसँग मिल्ने भएपछि उनीहरुलाई नयाँ नाम र चुनाव चिन्ह पेश गर्न भनेको हो ।आयोगमा २०७५ जेठ २३ गते पछाडि दल दर्ता नम्बर १५३ मा दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र र दल दर्ता नम्बर १६० मा दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) नामक दुवै राजनीतिक दललाई राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ६ (१) (ङ) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम ९ बमोजिम दलका रुपमा कायम रही रहन सक्ने नदेखिने भन्दै नाम सच्याउन र नयाँ प्रस्ताव ल्याउन आयोगले भनेको हो ।

zkhabar

१२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया