Wednesday, October 28

बाहुनले लसुन प्याज खान हुन्छ कि हुँदैन ? विशेषगरी कस्ता व्यक्तिले लसुन प्याज खानुहुँदैन यस्ता छन् तर्क !

October 16, 2020 37

केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् ।विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् ।आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँडिएको छ : सात्विक, राजसिक र तामसिक । सात्विक भोजनले शान्ति, संयम, पवित्रता र मनको शान्ति दिलाउँछ भने राजसिक खाद्यपदार्थले मोह तथा खुशीको भाव दिन्छ । त्यस्तै तामसिक भोजनले क्रो ध, अहं कार र विनाशजस्ता भाव पैदा गर्छन् ।

प्याज र लसुनलाई राजसिक र तामसिक पदार्थ मानिएको छ । यसको अर्थ यिनले अज्ञानता र क्रोध बढाउँछन् । मासु, लसुन र प्याजको अधिक सेवनले व्यवहारमा परिवर्तन ल्याउँछ । यसले कामो त्तेज ना बढाउँछ । ब्राह्मणले पवित्रता राख्नु जरूरी हुन्छ किनकि उनीहरू देवताको पूजा गर्छन् र प्राकृतिक रूपमा शुद्ध हुनुपर्छ ।

सनातन शास्त्रहरूले प्याज र लसुन जस्ता खाद्यपदार्थले प्रकृतिप्रदत्त भावनामध्ये सबभन्दा खरा ब भावना पैदा गर्छन् । उत्ते जना र अज्ञानतालाई वृद्धि गर्ने यस्ता खानेकुराले आध्यात्मिक मार्गमा हिँड्न दिँदैनन् र व्यक्तिको चेतनामा नकारात्त्मक प्रभाव पार्छन् ।

ध्यान र भक्तिमा लाग्ने व्यक्तिले लसुन प्याज खानै हुँदैन lकाँचो लसुनमा बोटुलिजम ब्याक्टेरिया हुनाले स्वास्थ्यलाई हा नि पु-याउँछ । प्राचीन रोमन कवि होरेसले लसुनलाई विषभन्दा ख राब भनेका छन् ।हुनत लसुन प्याजले स्वास्थ्य बढाउँछन् र यी प्राकृतिक एन्टी बायोटिक हुन् भन्ने मान्यता पनि छ ।

तर अध्यात्ममा लागेकाहरूले लसुन र प्याज त्याग्ने सल्लाह दिन्छन् किनकि यिनले केन्द्रीय स्नायु प्रणालीलाई उत्ते जित गर्छन् । आयुर्वेदले पनि यौ नश क्तिमा वृद्धिका लागि लसुन प्याज खान सिफारिस गरेको छ । त्यसैले अध्यात्ममा लागेका ब्राह्मणले लसुन प्याज खानु उचित हुँदैन ।

 

प्रतिकृया दिनुहोस्