बुधबार २० साउन २०७८

हात बाँ-धिएको अवस्थामा कर्णाली नदीमा दुई बहिनीको श व भेटिएको छ। दैलेखको आठविस नगरपालिकाका स्थानीयले हात बाँ-धिएको अवस्थामा पानीमा डु-बिरहेको दुई बालिकाको श व भेटेपछि प्रहरीलाई खबर गरेका थिए।

मृ-तक बालिका आठविस नगगरपालिका–३ का स्थानीय मानसिंह बडुवालका १६ वर्षीय छोरी कल्पना बडुवाल र १२ वर्षकी सरिता बडुवाल रहेको प्रहरीले जनाएको छ। उनीहरूको श व पानीमा डुबिरहेको अवस्थामा देखिएको भनेर सोमबार बेलुका ५ बजेतिर प्रहरीलाई खबर आएको ईलाका प्रहरी कार्यालय राकमका सहायक प्रहरी निरीक्षक गोविन्द ढकालले जानकारी दिए।

दैलेख र अछामको बीचमा रहेको कर्णाली नदीको अछामतर्फको किनारमा दुई बहिनीको श व भेटिएको हो । घटनाको बारेमा थप बुझ्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली त्यसतर्फ गईरहेको प्रहरी निरीक्षक ढकालले जानकारी दिए घटनाको बारेमा बुझ्दा रहस्यमय देखिएको छ। असई ढकालका अनुसार मृ-त भेटिएका दुई बालिकाका बुवा मानसिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घरभन्दा केही टाढा रहेको उनलाई प्रहरीले सोमबार बेलुका नियन्त्रणमा लिएको हो।

मानसिंहको परिवारमा ६ जना सदस्य थिए। बडुवालकी श्रीमति, तीन जना छोरी र एक छोरा सोमबार दिउँसो नै घरबाट निस्किएको भन्ने बुझिएको ढकालले बताए। ‘बुवालाई हामीले ल्याएर यहाँ अफिसमै राखेका छौं, उहाँका एक छोरा र श्रीमती भेटिएका छैनन्,’ उनले भने। बडुवालले बताए अनुसार घरायसी विवाद हुँदा श्रीमती छोराछोरी लिएर घरबाट निस्किएको ढकालले जानकारी दिए। यसबारे थप समाचार आउन बाँकि नै छ ।

१९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया