आइतबार ०५ बैशाख २०७८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीलाई पार्टी सदस्य नरहने गरी निष्कासन गर्नेहरुको सम्झना भइरहेको भन्दै तत्कालिन नेकपाको दाहाल–नेपाल पक्षका नेताहरुप्रति व्यंग्य गरेका छन् । आज मंगलवार विहानै फेसबुकमा छोटो स्ट्याटस लेख्दै थापाले दाहाल–नेपाल पक्षका नेताहरुलाई अपराधी भन्दै व्यंग्य गरेका हुन् ।

दाहाल–नेपाल समूहले आ–आफ्नो पुरानै पार्टीमा फर्कने निर्णय गरेको प्रति इंगित गर्दै थापाले पार्टी अध्यक्ष ओलीलाई चार पटकसम्म पार्टी सदस्यबाट निश्कासन गरेको घोषणा गर्नेहरुको मुहार झलझली सम्झना भइरहेको भन्दै कटाक्ष गरेका छन् ।

“प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निश्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ,” थापाले फेसबुकमा लेखेका छन् ।

news18nepal

७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया