सोमबार १३ मंसिर २०७८

काठमाडौं । धादिङको बेनी घाटमा ट्रक दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ । रुपन्देहीबाट सिमेन्ट लिएर काठमाडौं आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खसेको हो ।

मंगलबार बिहान काभ्रेको बनेपा नगरपालिका नाला घर भएका चालक ४५ वर्षीय विष्णु घिमिरे र सोही ठाउँका सहचालक २८ वर्षीय सुमन सञ्जेलको ज्यान गएको हो ।

दुवैको ट्रकले थिचेर ज्यान गएको इलाका प्रहरी कार्यालय गजुरीका सूचना अधिकृत प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिए । दुर्घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

news18nepal

६२ पटक हेरिएको

तपाईको प्रतिक्रिया