Sunday, November 29

गाईमा पनि देखियो नयाँ भाइरस, विज्ञ भन्छन् :‘उपचारै; छैन’

August 2, 2020 212

रासस , चितवनका गाईमा नयाँ किसिमको संक्रामक रो’ग देखिएको छ । पहिचान हुन नसकेको उक्त रोगले अहिले पूर्वी चितवनका गाई थलिन थालेका छन् ।दुई दर्जन गाईमा यस्तो संक्रमण भेटिएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र (चितवन) ले जानकारी दिएको छ । गाईमा नयाँ किसिमको सं’क्रामक रोगको प्र’कोप बढ्दै गएको किसान तथा पशुरोग चिकित्सकले बताएका छन् । लम्पी स्किन डिजिज (बि’मिरा आई छाला उ’प्किने) जस्तै रोग देखापरेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र (चितवन) का प्रमुख डा. दयाराम चापागाईंले जानकारी दिए ।

सुरुआतमा राप्ती नगरपालिकामा देखिएको रो’ग क्रमशः अन्य क्षेत्रमा पनि फैलँदै गएको उनले बताए। अहिले खैरहनी र रत्ननगर नगरपालिकाका किसानले पालेका गाईमा पनि यो रो’ग देखिएको छ । यो भाइरसबाट लाग्ने रो’ग हो । रो’ग लागेपछि गाईले दूध दिन छाड्ने वा कम दिने गरेको चापागाईंले बताए । उनले भने, ‘असारको अन्तिम सातादेखि यो रो’ग देखापरेको हो, स्थानीय तहका प्राविधिक सहितको टोलीले किसानको घरदैलोमा पुगेर रो’ग नियन्त्रण र रोकथामका उपायबारे छलफल र सल्लाहा प्रदान गरेका छौं ।’कार्यालयले रो’गबाट संक्रमित घरधुरी र गाईको संख्यासहित पशु सेवा विभाग र प्रदेश मन्त्रालय तथा प्रदेश निर्देशनालयमा पत्र पठाइसकेको उनले जानकारी दिए ।

कृषि मन्त्रालयसमक्ष आवश्यक औ’षधिको मागसमेत गरिएको उनले बताए । प्रदेश निर्देशनालयले औ’षधि खरिद गर्न लागेकाले एक÷दुई दिनमै औ’षधि आपूर्ति हुने कार्यालयले जनाएको छ । केही स्थानीय तहले पो’टासलगायत रो’ग नियन्त्रणका लागि औ’षधि वितरण गरेका छन् । चापागाईंका अनुसार यो नेपालका लागि नयाँ रो’ग हो । यसको परीक्षण र उपचार विधि नेपालमा छैन । सुरुमा राप्ती नगरपालिका–८ बडराकी किसान हरिमाया अर्यालले पालेको गाईमा स’मस्या देखिएको थियो । ‘गाईको शरीरभरि घा’उ आएको छ,’ उनले भनिन्, ‘राम्रो जातको गाई थियो, अहिले ह’ड्डी र छालामात्र देखिन्छ ।’

कातिमा ब्या’एको गाईले दैनिक १४-१५ लिटर दूध घटाएर तीनदेखि चार लिटर मात्र दिन थालेको उनले बताइन् । उनका अनुसार गाईलाई उठ्न र बस्नसमेत स’मस्या भएको छ । प्राविधिकले हेरेर सुरुमा केही औ’षधि खुवाए पनि रो’गको नि’दान नभएको उनले बताइन् । सुरुमा आफ्नो गाईमा स’मस्या देखिए पनि अहिले अन्य किसानको गाईमा पनि यस्तै रो’ग देखिएको अर्यालले बताइन् । यो रो’ग ला’ग्ने गाईमा सुरुमा ज्वरो आउने, खाना नखाने, शरीरमा फोका बि’मिरा उठ्ने, र’गत आउने, मासुको टुक्रासमेत देखापर्ने लगायतका लक्षण देखिने गरेका छन् ।

लक्षणका आधारमा उपचार भइरहेको प्राविधिकले जनाएका छन् । पो’टासले जिउ धुने, घाउ भएको ठाउँमा बे’टालिन दल्ने, मलम लगाउने, गोठ वरपर की’टनाशक औ’षधि छ’र्ने र बि’रामी गाईलाई अ’लग्गै राख्न किसानलाई सुझाव दिएको राप्ती नगरपालिकाका पशु शाखाप्रमुख शैलेन्द्र भण्डारीले जानकारी दिए । नगरका अधिकतर किसानका गाईको नमुना संकलन गरिएको छ । यो रोग धेरै क्षेत्रमा ब’ढ्न सक्ने भन्दै स’चेत रहन किसानलाई आ’ग्रह गरिएको उनले बताए । चितवन दुग्ध उत्पादनका लागि अ’ग्रणी जिल्ला मानिन्छ ।

प्रतिकृया दिनुहोस्