सोमबार १३ मंसिर २०७८

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्यले सत्तारुढ नेकपाको विवाद सैद्धान्तिक भनई व्यक्तिगत स्वार्थको लागि मात्र भएको बताउनुभयो ।

पार्टी एकता हुँदा पनि विचार र सिद्धान्तका आधारमा नभई फाइदा र स्वार्थ पूर्तिका लागि मात्र भएको भन्दै उहाँले नेकपाको जुट र फुटको विषयमा आँकलन गाह्रो रहेको बताउनुभयो ।

नेपाली बसहमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा महासचिव वैद्यले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आ–आफ्नै घमण्ड, अहमंता, इगो र पद प्रतिष्ठाका कुराले पार्टीमा विवाद उत्पन्न भएको बताउनुभयो ।उहाँले भन्नुभयो, ‘

उहाँहरुमा सिद्धान्तका कुरा छैन, मिल्दा पनि त्यत्तिकै मिल्नुभा हो, हिसाव–किताव, पद–प्रतिष्ठाका कुरा मिलाउनु सक्नुभयो भने मिल्नु होला, फुट्दा दुवैलाई फाइदा छैन । फेरि अन्तरकलह चुलिँदै गइरहेका अवस्थामा मिलिनै हाल्नुहुन्छ, भन्न सक्ने अवस्था पनि छैन।

महासचिव वैद्यले ओली र प्रचण्ड कम्युनिष्ट नभई अवसरवादी र यथास्थितिवादी भएका कारण उहाँहरुबाट नेपाली जनताले मुलुक रुपान्तरणको आशा राख्नु नै गलत रहेको टिप्पणी गर्नुभयो।देशमा रुपान्तरण,

कम्युनिष्ट अन्दोलानलाई बलियो बनाउनुपर्ने, राष्टियता र जनताको हक अधिकारलायतका सबै सम्याको समाधानका लागि सच्चा क्रान्तिकारी कम्युनिष्टलाई नयाँ ढंगले समृद्ध गर्नुपर्ने आजको आवश्यक्ता रहेको उहाँले बताउनुभयो ।

enewsnepali

२३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया