बुधबार ०९ आषाढ २०७८

यो पनि पढ्नुस् काठमान्डौ , नेकपा बिप्लब समुहका नेता प्रकाण्डले नेपालको लोकतान्त्रिक संघियता सहि नभएको धारणा राखेका छन । सरकार संग ३ बुदे सहमति गर्दै शान्तिपुर राजनीतिमा आएको बिप्लब समुहका नेता प्रकाण्डले संघिय लोकतान्त्रिक गणतन्त्रले देशलाई तट पल्टाएको बताएका हुन् ।

एक टेलिभिजन संग अन्तरबार्ता दिदै उनले भने राज्यलाई टाट पल्टाएको हिजो पंचायतले , ४६ देखि ६२/६३ सम्म राजतन्त्र सहितको संसदीय ब्यबस्थाले बनायो ।

६२/६३ देखि अहिले सम्म संघिय लोकतान्त्रिक गणतन्त्र नामको दलाल पुजिवादी ब्यबस्थाले बनायो ।यो तपाई हरुले ल्याएको पद्दति हैन भन्ने प्रश्नमा उनले थपे – हैन यो हामीले ल्याएको ब्यबस्था हैन ।

गणतन्त्र हामीले ल्याएको हो तर सघिय लोकतान्त्रिक गणतन्त्र हामीले ल्याएको हैन यो राजतन्त्र पछी आएको गणतन्त्र हो ।

हामीले चाहेको त नेपाली जनताको जनबादी ब्यबस्था थियो । उनले भने यस्तो संघियता यस्तो हुन्छ ? यो त पुजिवादी संघियता भयो । यो त ५ बिकाश क्षेत्र भन्दा खतम भयो ।

nepaldayari

१४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया