बिहिबार १४ साउन २०७८

सामाजिक सञ्जालमा दुई महिना देखि कञ्चन र अनिषाको बारेमा निकै चर्चा भएको छ । दुई महिनाको उपचारवाट पनि कञ्चन निको हुन सकेनन् । आइतवार उनको निधन भएको छ । लामो समय उपचार गराउँदा पनि उनको स्वास्थ्यमा चाहेजस्तो सुधार आउन सकेको थिएन । तर पनि चिकित्सकले उनलाई निकै बचाउने प्रयास गरेका थिए । धेरै दिनको बे होसी अवस्थावाट उनी उनी केही दिन अघि बोल्न सक्ने भएका थिए । तर पछिल्लो समय उनलाई फेरी निमोनिया भएको कारण अवस्था विग्रिएको हो ।

उनको हात खुट्टा समेत चल्न बन्द भएका थिए । यसैले थेरापी पनि सुरु गरिएको थियो । काठमाडौवाट गएका विशेषज्ञ टोलीले उनको उपचार गरेको थियो । आफुले माया गरेको मानिसलाई पाउन नसक्दा कञ्चनले आफैलाई स जा य दिएका थिए । नेपालको कानुन अनुसार उनीहरुको प्रेम र विवाह गर्ने उमेर भएको थिएन । सानै उमेरमा प्रेममा परेका उनीहरुले विवाह त गरे तर त्यो विवाह लामो समय सम्म टिक्न सकेन ।

चितवनवाट काठमाडौ पुगेर कञ्चनको आमाको अगाडी विवाह गरेको भोलीपल्टै बेहुलीले आफ्नो माइतीको दवावमा कञ्चनलाई आफुले प्रेम नगरेको बताइदिइन् । उनलाई प्रहरी कार्यालय लगियो । प्रेमिकावाट अलग गराइयो । त्यसपछि उनीहरुको सम्बन्धमा परिवर्तन आयो । त्यो सबै अवस्थाको सामना कञ्चनले सहन सकेनन् ।

कोठामा फर्किएर वि ष खा ए । करिब दुई महिनाको उपचार पछि उनको निधन भयो । आमाले एक्लै हुर्काएको छोरा गुमाउनु परेपछि उनको अवस्था निकै बेहाल भएको छ । जिवनको एक मात्र सहारा ति आमाले गुमाएकी छन् । श्रीमानको सहयोग समेत नपाएकी कञ्चनको आमाले आवजाट एकमात्र सहारा रहेका छोरा पनि गु मा उनु परेको हो ।हेरौ कपुरबोट टिभिले अनिशा सँग केहिसमय अघि लिएको इंटरभीउ

nepaldayari

१३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया