Tuesday, January 19

दार्चुलामा पहिरोले घर पु’र्दा दाजुभाइको मृ’त्यु

July 21, 2020 262

दार्चुला, दार्चुलामा पहिरोले घर पु’र्दा दुई जनाको मृ’त्यु भएको छ भने तीन जनाको जी’वितै उ’द्धार गरिएको छ। दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ शंकरपुरमा अविरल वर्षासँगै आएको पहिरोले घर पु’र्दा लेकम गाउँपालिका–५ घर भएका अन्दाजी २७ वर्षीय अर्जुन दर्जी र २२ वर्षीय मिलन दर्जीको मृ’त्यु भएको हो। पहिरोले घर पु’र्दा पु’रिएका उनीहरुको श’व अहिले नि’कालिसकिएको मालिकार्जुन गाउँपालिका–८ का वडा सदस्य केशवसिंह धामीले जनाकारी दिए। प’हिरोमा परी घरधनी ३५ वर्षीया लक्ष्मी ढोली, नौ वर्षीय छोरा शुभम् र १४ वर्षीया छोरी सोनिया घा’इते भएका छन्।

तीन जनालाई स्थानीय र प्रहरीले घरभित्रबाट जी’वितै उ’द्धार गरेको स्थानीय अनिल खत्रीले जानकारी दिए। घा’इते लक्ष्मी र छोरी सोनियाको थप उपचारको लागि हेलिकप्टर ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए। बिहान ३ बजेतिर घरमाथिबाट प’हिरो आएको हो। पहिरोमा पु’रिएर मृ’त्यु भएका मिलन र अर्जुन दाजुभाइ हुन्। उनीहरु गौरापर्वको लागि लुगा सि’उन शंकरपुर पस्ती आएका हुन्। घा’इतेको अहिले शंकरपुर स्वास्थ्यचौकी पस्तीमा उपचार भइरहेको छ। यस्तै पहिरोले सुविरसिंह धामी र हरसिं धामीको पसलमा क्ष’ति पुगेको छ।

प्रतिकृया दिनुहोस्