बिहिबार १४ साउन २०७८

वि.सं. ०४१ सालमै अध्ययन सुरु भएको भनिएको मेलम्ची खानेपानी आयोजना वि.सं. २०७७ सालमा पूरा भएको छ। आयोजनाको चर्चा चलेको ३७ वर्षपछि मेलम्चीको पानी सिन्धुपाल्चोकबाट काठमाडौंको सुन्दरीजलसम्म आइपुगेको चर्चा चारैतिर छ। चलचित्र ‘भन्नै सकिनँ’को ‘पूरा भयो सपना मेरो तिमी नै हौ जीवन मेरो…’ बोलको गीत जस्तै राजधानीवासीको मेलम्चीको पानीले प्यास मेटाउने एउटा प्यासी सपना अन्ततः पूरा भएको छ।
अनेकौं हण्डर, ठक्कर खाएर, भेलबाढी सहेर, धूलो मैलो हिलो टकटक्याएर, कैयौंका लागि राजनीतिक श्राप र गालीको विषय बनेर, कैयौंका लागि जीवन मरणको अनि प्रतिष्ठाको विषय बनेर, कैयौंका लागि चिल्ला कार चढ्ने, महल ठड्याउने, छोराछोरी विदेश पढाउने, निर्वाचन खर्च जोहो गर्ने ‘माल’ आयोजना बनेर, कैयौंलाई आफूसँगै सुरुङभित्र बगाएर, भत्किएर, हल्लिएर, हराएर, भागेर, च्यापेर ठगेर वा जेसुकै दुःख-सुख सहेर अपमानको भारी बोकेर मेलम्ची आखिरीमा बग्दै बग्दै राजधानी आइन्।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

१८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया