Monday, January 25

इलामको सशस्त्र प्रहरी क्याम्पमा रहेका जवानदेखि प्रहरी नायब उपरीक्षकसम्मलाई कोरोना पोजिटिभ

August 1, 2020 152

इलाम — इलामस्थित सशस्त्र प्रहरी गणमा कार्यरत थप १७ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण फैलिएसँगै गणलाई सिल गरिएको छ । यसअघि गणमा

गणमा शुक्रबार ५ र साउन ११ गते ५ जनामा कोरोना पोजिटिभ देखिएको थियो । पोजिटिभ देखिएका सबै जनालाई गोठगाउँस्थित आइसोलेसनमा पठाइएको गणका प्रमुख सुरधिरजंग थापाले जानकारी दिए ।

क्याम्पमा रहेका जवानदेखि प्रहरी नायब उपरीक्षकसम्मलाई कोरोना पोजिटिभ देखिएको थापाले बताए ।

गणलाई पूर्ण रुपमा सिल गरेर वाँकी ४३ जनाको पनि स्वाब संकलन गरेर परीक्षणका लागि पठाउने तयारी भइरहेको छ । गणका प्रमुख थापाका अनुसार संक्रमित कसैमा पनि कोरोनाको लक्षण देखिएको छैन ।

Source Kantipur online

प्रतिकृया दिनुहोस्