शनिबार १६ साउन २०७८

विभिन्न पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिलाको शव फेला परेको छ । काठमाडौंको दक्षिणकालीमा भेटिएको शवको पहिचान गर्ने क्रममा उनि पशुपंछीको आवाज निकालेर युट्युबमा भाइरल बनेकी महिला सन्तोषी सुब्बाको रहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए ।

गत मंगलबार दक्षिणकालीको एक शौचालयबाट उनको शव बरामद गरेको थियो । पहिचान गर्ने क्रममा उनि सन्तोषी सुब्बा भएको पुष्टि भएको हो । टाउकोमा गह्रुँगो वस्तुले हि.र्काएको र अनुहार क्ष.तवि.क्षत भएको अवस्थामा शव फेला परेको थियो ।

ह.त्याको आशंकामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

***

मृतक १८ वर्षे सेजलाको मिल्ने साथीले खुलाइन घटनाको नयां रहस्य, अन्तिम कुराकानी यस्तो भएको थियो (भिडियो)
SP
प्रकाशित मिति : ६ असार २०७८, आईतवार ०८:३४
FacebookTwitterViberMessenger

दमक नगरपालिका–५ स्थित एक घरमा कोठा भाडामा लिएर अध्ययन गर्दै आउनुभएकी इलामकी सेजला कोइरालाको बुधबार साँझ रहस्यमय मृत्यु भएको छ । प्रहरीले मृत्युको कारणबारे अनुसन्धान शुरु भइसकेको जनाएको छ । प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार सेजलालाई बेलुकी करिब ५:०० बजे साथीले मोबाइलमा सम्पर्क गरेका थिए ।

त्यसक्रममा मोबाइल नउठेपछि साथी कोठामा पुग्दा उहाँलाई शौचालयको कम्बोर्टमा बेहोस अवस्थामा भेटेको र तत्कालै लाइफलाइन अस्पताल पु¥याइए पनि बचाउन नसकिएको साथीहरुको भनाइ उद्धृत गर्दै प्रनाउ कार्कीले जानकारी दिए । घटनालगत्तै पीडितका अभिभावक राति ११:०० बजे दमक आइपुगेका बताइएको छ । आफन्तले भने सेजलाको मृत्यु रहस्यमयी भएको भन्दै निष्पक्ष छानविन गर्न प्रहरीमा जाहेरी दिएका छन् ।

सेजाला बसेको कोठामा पुग्दा ला.गु औ.षध देखि यौ.नजन्य क्रियाकालापको वस्तुहरु यात्रा तत्र छरिएर रहेको भेटिएको छ। सेजलाको आफन्तले उनलाई ब.न्दक बनाएर यस्तो अ.पराध गरेको आरोप लगाएका छन । यसै बीच सेजलासँगै बस्ने साथी मिडियामा आएकी छन । उनले सेजलाको बारेमा धेरै कुराहरुको खुलासा गरेकी छन ।

भिडियो यहाबाट हेर्नुहोस ।

३२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया