शनिबार १६ साउन २०७८

विभिन्न सङ्घ, सङ्गठनले रहस्यमयरूपमा बेपत्ता बनाइएका जिल्लाको बेनी नगरपालिका–५ बगुवाखोलाका शिक्षक भक्त कार्कीको खोजी गरी दोषीलाई कारबाहीको माग गरेका छन् । बगुवाखोलास्थित बालजागृति आधारभूत विद्यालयका प्रधानाध्यापक कार्की आइतबार साँझदेखि बेपत्ता हुनुहुन्छ । विद्यालय नजिकै म्याग्दी नदीको किनारमा रगतका दाग, कार्कीले लगाउने हाफ ज्याकेट, चप्पल र मोबाइल फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।म्याग्दीस्थित नेपाल शिक्षक महासङ्घ, नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले मङ्गलबार प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीलाई बेपत्ता कार्कीको खोजी गरी घटनाको निष्पक्ष छानबिन गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्दै ज्ञापनपत्र बुझाएका थिए । शिक्षक महासङ्घ म्याग्दीका अध्यक्ष जयराम सुवेदीको नेतृत्वमा शिक्षक सङ्घ सङ्गठनका प्रतिनिधिहरुले प्रशासनमा पुगेर ध्यानाकर्षण गराउनुभएको थियो । बौद्धिक अपाङ्गता स्रोत कक्षा सञ्चालन भएको बालजागृति आधारभूतका प्रअ कार्की साहित्यसँगै विभिन्नि सामाजिक सङ्घसंस्थामा आबद्ध हुनुहुन्छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

***

आइएमई लाइफ इन्स्योरेन्सले माग्यो ७ वटै प्रदेशमा कर्मचारी !

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ तथा सेल्स अफिसर पदका लागि ७ वटै प्रदेशमा कर्मचारी माग गरेको हो । कम्पनीले प्रदेश नम्बर १ को राजारानी, विराट चोक, खोटाङका लागि कर्मचारी माग गरेको छ । त्यस्तै, दुई नम्बर प्रदेशको राजविराज, कञ्चनपुर, महोत्तरी, सिराहाका लागि माग गरिएको छ ।

बागमती प्रदेशको न्यू रोड, स्वयम्भु, भैसेपाटी, कालीमाटी, जोरपाटी, पेप्सीकोला, सुन्दरीजल, चागुँनारायण, थानकोट, थली, साँखु, सूर्यविनायक, खुर्कोट (सिन्धुली), चौतारा (सिन्धुपाल्चोक), भकुण्डे बेँसी, चितवन, फापरवारी, मनोहरी, धादिङ बेँसी लगाएतका ठाउँमा कर्मचारी माग गरेको कम्पनीले जनाएको छ ।

गण्डकी प्रदेशको हेम्जा, विरौटा, बुर्तिवाङ, अबु खैरेनी, हुवास त्यस्तै लुम्बिनी प्रदेशको बर्दघाट, देवघाट, चन्द्रौटा, भालुवाङ, तुल्सिपुर, तौलिहवा, रोल्पाका लागि माग गरिएको छ । कर्णाली प्रदेशको बाँके र सुदुर पश्चिम प्रदेशको सुखडाका लागि कर्मचारी माग गरिएको हो । कम्पनीले माग गरेको पदमा प्लस २ तथा स्नातक तह उत्तिर्ण गरेका इच्छुक व्यक्तिले असार २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया