शनिबार १६ साउन २०७८

कहिले काँही दैव पनि निष्ठुरी हुन्छ । जस्तै डाक्टर सदिना श्रेष्ठको सवामा भएको छ । डा. श्रेष्ठ नेपालमै आफ्नो बिशेषज्ञता भएको क्षेत्रमा चर्चित डाक्टर हुन् । यति मात्र हा्ेइन, उनका श्रीमान् जय श्रेष्ठ पनि चर्चित डाक्टर हुन् । तर पनि उनलाई बचाउन सकिएन ।

डा. श्रेष्ठ पछिल्लो समय चितवनस्थित बिपी कोइराला मेमोरियल क्या न्स र अस्पतालमा कार्यरत थिइन् । उनी त्यहाँ अंकोलोजिष्ट रुपमा कार्यरत थिइन् । तर, अब अस्पतालका बिरामीहरुले डा सदिना श्रेष्ठको सेवा पाउने छैनन् । उनी यो भौतिक सन्सार छोडेर गएकी छिन् ।

डा. श्रेष्ठको फोक्सोमा समस्या थियो । उनको फोक्सोमा क्या न्स र भएको थियो । उनको उपचार चलिरहेको थियो । तर उनको उपचारले सफल सकेन र बिरामी श्रेष्ठको मंगलबार उपचारका क्रममा निधन भएको हो ।

उनी लामो समयदेखि उक्त अस्पतालमा कार्यरत थिइन् । डा. सदिनाका श्रीमान जय श्रेष्ठ पनि मेडिकल अंकोलोजिष्ट हुन् । उनको निधनमा अस्पतालले दुख ब्यक्त गरेको छ । भने उनको परिवार शोकमा परेको छ ।

***

भोक लाग्दा माटो खान्छन् टुहुरा बालिका कृपया सेयर गरि सहयोगी मनहरु सम्म पुराइदिनु होला।।

बैतडी, ५ फागुन । १० वर्षीया सविता, नौ वर्षीया सुनिता र पाँच वर्षीया र मिला एकैपरि वार का टुहुरा दिदीबहिनी हुन् । फुसले छाएको घर भत्किने अवस्थामा पुगेको छ भने खाने अन्न छैन । भोकले छटपटाउँदा उनीहरू माटो खान्छन् ।

जिउमा फाटेको एकसरो लुगाबाहेक राति ओढ्ने–ओ छ्याउने थप कपडा छैन । दिउँसो घाम तापेर र राति आगो बालेर बस्ने गरेका छन् । यो कुनै चलचित्रको कथा जस्तो लाग्ने पीडा बैतडीको सिगास गाउँपालिका–८, न्वादेउका तीन जना टुहुरा दलित बालिकाको हो ।

विपन्न दलित परिवारमा जन्मेका तीन दिदीबहिनी विद्यालय पनि जाँदैनन् । बुबा शालिभान नेपालीको उपचार अभावमा तीन वर्षअघि मृत्यु भयो । रो गी आमा अन्नपात माग्दै गाउँ डुल्न जान्छिन् । गाउँमा अन्नपात माग्न गएकी आमा फर्किन ढिलो भएपछि पाँच वर्षीया कान्छी छोरी र मिलाले भोक थाम्न नसक्दा माटो खाने गरेको उनकी दिदी सविता नेपालीले सुनाइन् ।

दलित भएकै कारण अन्य समुदायका मानिसले बालिकालाई घरभित्र लैजान अप्ठ्यारो मान्ने गरेका छन् । कहिले काहीँ एक÷दुई गाँस खान दिए पनि सहारा दिन चाहिँ कोही अघि सरेका छैनन् ।

पोहोर साल फुसले छाएको घर भत्केपछि आफ्नै पहलमा मर्मत गरि दिएको स्थानीय गोरे बोहराले बताए । कपडा सिलाएर बालबच्चा पाल्दै आएका शालिभानको मृत्युपछि परिवारको बिचल्ली भएको बोहरा बताउँछन् । जग्गा जमिन केही छैन । आमाले गाउँगाउँ डुलेर मागेको अन्नले कहिलेकाहीँ छाक टार्ने गरेका छन् । उनी पनि काम गर्न सक्ने अवस्थामा छैनन् । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

१९० पटक हेरिएको

तपाईको प्रतिक्रिया