Friday, December 4

सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि

August 1, 2020 139

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

प्रहरी हेडक्वार्टरमा बस्ने र सभामुखको सुरक्षामा खटिने प्रहरीमध्ये एक जनालाई कोरोना संक्रमण पुष्टि भएको सभामुख सापकोटाको सचिवालय स्रोतले जानकारी दिएको छ। ्

‘सभामुखको सुरक्षाका निमित्त अगाडि गाडीमा हिँड्ने (अगुवा) मध्येका एक प्रहरीलाई कोरोना पुष्टि भएको हो,’ स्रोतले नेपालखबरसँग भन्यो, ‘उनी संक्रमित भएपछि सभामुख निवासका अन्य सुरक्षाकर्मी र कर्मचारीको पनि स्वाब संकलन गरिएको छ।’

संक्रमित प्रहरी हेडक्वार्टरमै बस्ने गरेका थिए। पछिल्ला दिनमा हेडक्वार्टरमा पनि कोरोना संक्रमित भेटिएपछि उनको पनि स्वाब संकलन गरिएको थियो।

शुक्रबार नै ती सुरक्षाकर्मीलाई संक्रमण पुष्टि भएको थियो। लगत्तै सभामुख निवासका अन्य सुरक्षाकर्मी र कर्मचारीको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ।

उनीहरुको नतिजा आइतबारसम्म आइसक्ने स्रोतले जनायो।

यता इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले सभामुख सापकोटाका सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएकोबारे विस्तृतमा रिपोर्ट आउन बाँकी रहेको बताए

Source Annapurna online

प्रतिकृया दिनुहोस्